मुख्य समाचार
स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम |

आज असोज ३ अर्थात संविधान दिवस, नेम्वाङको विशेष सम्झना

Rato Pen 1+ समाचार ( )
३ अशोज २०८०, बुधवार

मोरङ । आज असोज ३ गते अर्थात आठौं संविधान दिवस । संविधान दिवस २०८० अवसरमा आज देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । 

 देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् । 

संविधान दिवसकै अवसरमा नेकपा एमालले राजधानीमा राष्ट्रिय झण्डासँग सेल्फी विषयक कार्यक्रम गरेको छ । यसैगरि बिहान टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा संविधान दिवससम्बन्धी कार्यक्रममा गरिएको छ । 

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी हुनुभयो ।  

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो । सरकारले आजको दिन सार्वजनिक विदा पनि दिंदै आएको छ । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नु भएकाले सोही दिनलाई स्मरण गर्दै संविधान दिवसको रुपमा मनाउने गरिएको छ । 

संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो ।

 संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्यो । संविधान जारी नगर्न देशीविदेशी शक्तिहरुले दबाब दिइरहेका बेला अध्यक्ष नेम्वाङले संविधान जारी गर्नका लागि विशेष भूमिका खेल्नु भएको थियो ।

 उहाँको केही दिनअघि निधन भएकोमा आज संविधान दिवसको अवसरमा भएका कार्यक्रमहरुमा एमाले नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई विशेष रुपमा सम्झना गरिएको छ । 

 संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका ५ सय ३७ जना सभासद्ले हस्ताक्षर गरेका थिए । 

‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् । यही संविधान जारी गरेपछि भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार