मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ

Rato Pen 366+ समाचार ( )
१ अशोज २०८३, बिहीबार

होमेन्द्र थापा, बर्दिया

जबरजस्ती करणी मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रशासन कार्यालय बर्दिया र प्रहरीको सहयोगमा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा साविक मैनापोखर–७, हाल बढैयाताल गाउँपालिका–७ निवासी २९ वर्षीय कृष्ण चमार रहेका छन्।

जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार चमार नयाँ नागरिकता लिन कार्यालयमा आएका बेला प्राप्त गोप्य सूचनाका आधारमा पक्राउ परेका हुन्।

पक्राउ परेका चमारलाई जिल्ला प्रहरी कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतको आदेशअनुसार उनलाई आजै बर्दिया कारागार चलान गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले जानकारी दिनुभयो।

ढकालका अनुसार जबरजस्ती करणी मुद्दामा बर्दिया जिल्ला अदालतले २०७२ फागुन १० गते चमारलाई १० वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले २०७३ फागुन ८ गते पाँच वर्ष कैद सजाय हुने फैसला गरेको थियो। सर्वोच्च अदालतले २०७९ साउन २९ गते जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो।

यसैबीच, पछिल्लो समय बर्दियामा फरार प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै अदालतबाट सजाय तोकिएका १९ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार