मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

दिवाखाजा तयारीमा स्वच्छता र स्थानीय उत्पादनको उपयोगमा जोड : बारबर्दियामा ३ दिने क्षमता विकास तालिम सुरु
दिवाखाजा तयारीमा स्वच्छता र स्थानीय उत्पादनको उपयोगमा जोड : बारबर्दियामा ३ दिने क्षमता विकास तालिम सुरु

Rato Pen 344+ समाचार ( )
२५ मंगशिर २०८२, शुक्रबार

बारबर्दिया नगरपालिकाको आयोजनामा स्थानीय उत्पादनमा आधारित पोषिलो दिवाखाजा तयारी तथा खाद्य सामग्री भण्डारण सम्बन्धी ३ दिने क्षमता विकास तालिम मंसिर २६ गतेदेखि सुरु भएको छ। नगरपालिकाको कार्यालय जयनगरमा आयोजित तालिममा विद्यालयका भान्छे तथा सहयोगीहरूको सक्रिय सहभागिता रहेको छ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले विद्यालयस्तरमा सञ्चालित दिवाखाजा कार्यक्रमलाई अझ प्रभावकारी, सुरक्षित र स्वच्छ बनाउने उद्देश्यले यस्तो तालिम आवश्यक रहेको बताउनुभयो। उहाँले किचन व्यवस्थापनदेखि खाने पानीको गुणस्तरसम्म प्रत्येक चरणमा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो।

उही कार्यक्रममा शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईंले दिवाखाजालाई बालबालिकाको स्वास्थ्य, सिकाइ उपलब्धि र विद्यालयमैत्री वातावरणसँग प्रत्यक्ष सम्बन्धित कार्यक्रम भएकाले खाना पकाउने कोठा छुट्टै राख्ने, धुवारहित वातावरण बनाउने, भाँडा–कुचौरा सफा राख्ने, प्लास्टिक भाँडाको प्रयोग नगर्ने, टिफिन बक्स जाँच गरी मात्र वितरण गर्ने जस्ता अभ्यास अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउनुभयो।

त्यसैगरी पशु सेवा शाखा प्रमुख दीपक थापा र कृषि शाखा प्रमुख झलक राज खड्काले स्थानीयस्तरमा उत्पादन भएका स्वच्छ, ताजा र पोषणयुक्त खानेकुरा किसानबाटै विद्यार्थीको टिफिनसम्म पुर्‍याउने लक्ष्यअनुसार सबै शाखा र पालिकाले समन्वयमा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

तालिममा सरसफाइ, फोहर व्यवस्थापन, भान्साको सफाइ, खानेपानीको गुणस्तर निर्धारण, पोषिलो मेनु तयारी, भण्डारण तथा सुरक्षित वितरणका विषयमा व्यवहारिक सीप प्रदान गरिँदै छ। नगरपालिकाले दिवाखाजा कार्यक्रमलाई अझ सुदृढ र स्थानीय उत्पादनमा आधारित मोडलमा विस्तार गर्ने तयारीसमेत गरेको छ।

नेपाल राष्ट्र्यि आधारभूत विद्यालय तर्कापुरको सभाहलमा भईरहेको तालिममा ३९ वटा विद्यालयका भान्छे तथा सहयोगीहरुको सहभागिता रहेको छ । 

प्रतिक्रिया

Jagat Ram Tharu २६ मंगशिर २०८२, शनिबार

असल कार्य !

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार