मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता
अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता

Rato Pen 368+ समाचार ( )
२५ असार २०८३, बिहीबार

होमेन्द्र थापा, बर्दिया

जिल्ला प्रशासन कार्यालय बर्दियाले कार्यालयमा पुगेर सेवा लिन नसक्ने अशक्त तथा घाइते नागरिकलाई घरदैलोमै पुगेर सेवा दिने अभियानअन्तर्गत मधुवन नगरपालिका–१, बडकिटडुवाकी १७ वर्षीया सुविक्षा थारुलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको नेतृत्वमा गएको प्रशासनको टोलीले सुविक्षाको निवासमै पुगेर नागरिकता हस्तान्तरण गरेको हो। घरमै नागरिकता पाएपछि सुविक्षाका परिवारजनले प्रशासनप्रति आभार व्यक्त गरेका छन्।

नागरिकता हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी हमालले सुविक्षाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सरकारी सेवा सबै नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले कार्यालयमा आउन नसक्ने अवस्थाका सेवाग्राहीलाई घरदैलोमै सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने बताउनुभयो।

सुविक्षा थारु बाबु राम किसुन थारु र आमा विदेशनी थारुकी छोरी हुन्। उनको जन्म २०६६ साल जेठ २४ गते भएको हो। परिवारका अनुसार गत जेठ ३१ गते पुलबाट लड्दा उनको मेरुदण्डमा गम्भीर चोट लागेको थियो। हाल उनी उठबस गर्न नसक्ने अवस्थामा रहेकी छन्।

सुविक्षाका बाबु राम किसुन थारुले छोरीको थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको जानकारी दिनुभयो। उपचार प्रक्रियामा नागरिकता आवश्यक पर्ने भएकाले घरमै नागरिकता उपलब्ध गराइदिएको प्रशासनको कदमले परिवारलाई ठूलो राहत पुगेको उहाँको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले अशक्त, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गरी घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकता दिएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार