मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बारबर्दियामा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता उद्घाटन — मन्त्री तिमिल्सिनाद्वारा खेलाडी र जनप्रतिनिधिलाई सन्देश
बारबर्दियामा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता उद्घाटन — मन्त्री तिमिल्सिनाद्वारा खेलाडी र जनप्रतिनिधिलाई सन्देश

Rato Pen 368+ समाचार ( )
२४ कार्तिक २०८२, मङ्गलबार

बारबर्दिया, 
बारबर्दिया नगरपालिका–७, रम्मापुरमा आयोजित पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको आज सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले खेलकुद राष्ट्र र राष्ट्रियताको पहिचानसँग जोडिएको क्षेत्र भएको बताउनुभयो। उहाँले समुदायमा रहेका किसान, मजदुरलगायत भुईँतहका जनताको आवाज माथिसम्म पुर्‍याउने जिम्मेवारी जनप्रतिनिधिहरूको रहेको उल्लेख गर्दै आफु सधैं जनताको पक्षमा काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो। “जनताले गरेको विश्वासलाई मैले कहिल्यै विश्वासघात गर्न सक्दिन, म जनताको सेवकका रूपमा काम गरिरहेको छु,” मन्त्री तिमिल्सिनाले भन्नुभयो।

उहाँले शिक्षा र खेलकुद क्षेत्र दुबैलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउँदै खेलले अनुशासन, लगनशीलता र आत्मविश्वासको विकास गराउने उल्लेख गर्नुभयो। मन्त्री तिमिल्सिनाले खेलाडी विद्यार्थीहरूलाई सफलता, अनुशासन र मर्यादामा रहँदै देश र समुदायको नाम उज्यालो पार्न शुभकामना दिनुभयो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख छबिलाल थारुले विद्यालयस्तरका यस्ता प्रतियोगिताले खेलकुदको विकास र विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यार्थी खेलाडीहरूलाई जितभन्दा बढी अनुशासन र मर्यादामा ध्यान दिन आग्रह गर्दै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति धन्यवाद व्यक्त गर्नुभयो।

बारबर्दिया नगरपालिकाको आयोजनामा र वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालय, रम्मापुरको संयोजनमा सुरु भएको प्रतियोगितामा १६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी भएका छन्। उद्घाटन समारोहमा विद्यार्थीहरूले मार्चपास, साँस्कृतिक झाँकी, र स्थानीय तथा राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति प्रदर्शन गरेका थिए।

आजको कार्यक्रममा ८ सय मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ भने भोलिदेखि भलिबल, कबड्डी, हाईजम्प, लंगजम्प, सटपुट लगायतका खेलहरू सञ्चालन हुने छन्। प्रतियोगिता कार्तिक २९ गतेसम्म सञ्चालन हुने बताइएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका सदस्य, शिक्षक, बुद्धिजीवी, पत्रकार र स्थानीय समुदायको सक्रिय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार