मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

किशोर–किशोरीको समग्र विकासका लागि गुलरियामा छलफल कार्यक्रम सम्पन्न
किशोर–किशोरीको समग्र विकासका लागि गुलरियामा छलफल कार्यक्रम सम्पन्न

Rato Pen 368+ समाचार ( )
१ जेठ २०८२, बिहीबार

होमेन्द्र थापा, गुलरिया

बर्दियाको गुलरियामा किशोर–किशोरीहरूको समग्र विकासलाई केन्द्रमा राख्दै एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। बालविवाह, लैङ्गिक हिंसा अन्त्य तथा बाल संरक्षणलाई प्राथमिकतामा राखी कार्यक्रम आयोजना गरिएको हो।

सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम निर्देशक प्रकाश घिमिरेले रूपान्तरण कक्षाबाट किशोरीहरूमा देखिएको सकारात्मक परिवर्तनबारे प्रकाश पार्नुभयो। उहाँले आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी ढंगले सञ्चालन गरिने जानकारी दिनुभयो।

यूनिसेफकी प्रतिनिधि धनेश्वरी धर्तीले बाल संरक्षण तथा लैङ्गिक हिंसासम्बन्धी विविध पक्षमा धारणा राख्दै, रूपान्तरण कक्षामार्फत किशोरीहरूलाई शिक्षित र सशक्त बनाउने प्रयास भइरहेको बताउनुभयो। यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने उहाँको विश्वास थियो।

सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक तथा सहजकर्ता नारायण घिमिरेले लुम्बिनी प्रदेशभर सञ्चालन भइरहेका रूपान्तरण कक्षाका उद्देश्य, गतिविधि र उपलब्धिबारे जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म ५७२ जना किशोरीहरूले प्रत्यक्ष लाभ लिइसकेका छन्। विद्यालय बाहिर रहेका किशोरीलाई लक्षित गरी कक्षा सञ्चालन भइरहेको उहाँले स्पष्ट पार्नुभयो।

गुलरिया नगरपालिकामा २०८१ सालमा वडानं ३, ४, ५ र ७ मा सञ्चालन गरिएको रूपान्तरण कक्षामा १५७ जना किशोरी सहभागी थिए। संस्थाकी अध्यक्ष इन्दिरा सुबेदीका अनुसार आगामी २०८२ सालमा वडा नं. २, ३, ४, ७, ९ र १० मा कार्यक्रम विस्तार गर्दै झण्डै ५७२ जना किशोरीलाई लाभ पु-याउने लक्ष्य राखिएको छ।

कार्यक्रममा सहभागीहरूले यस्ता पहलहरूले किशोरीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार