मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

बर्दियामा युवा लक्षित उद्घोषण तालिम
बर्दियामा युवा लक्षित उद्घोषण तालिम

Rato Pen 345+ समाचार ( )
२७ चैत्र २०८२, शुक्रबार

होमेन्द्र थापा, बर्दिया

बर्दियाको गुलरियामा नयाँ पुस्ताका युवायुवतीलाई लक्षित गर्दै पाँच दिने आधारभूत उद्घोषण तालिम सुरु गरिएको छ । बर्दियाली कलाकार मञ्च, गुलरिया बर्दियाको आयोजनामा, वडा नम्बर ५ कार्यालयको समन्वय तथा पर्यटन डिभिजन कार्यालय, कोहलपुर बाँकेको आर्थिक सहयोगमा सञ्चालन भएको हो ।

गाउँ–ठाउँमा सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि बाहिरबाट उद्घोषक ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।

बुधबारदेखि सुरु भएको तालिममा अनुभवी प्रशिक्षकहरूद्वारा उद्घोषण शैली सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक दुवै प्रकारका प्रशिक्षण दिइँदैछ । तालिममा गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकाका १६ जना महिला र ७ जना पुरुष गरी जम्मा २३ जना सहभागी रहेका छन् ।

बर्दिया जिल्ला थारु समुदायको बहुलता रहेको क्षेत्र भए पनि अझै कतिपय सदस्यहरू सार्वजनिक रूपमा आफ्नो परिचय दिन हिच्किचाउने तथा नेतृत्व तहमा पुग्न नसक्ने चुनौतीहरू देखिँदै आएका छन् । यस सन्दर्भमा तालिमले सहभागीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै नेतृत्व विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

आयोजक संस्था थारु कलाकार मञ्च, गुलरिया बर्दियाका अध्यक्ष महेशराम चौधरीका अनुसार सहभागी छनोट सिफारिसका आधारमा नभई उनीहरूको इच्छाशक्ति र शैक्षिक योग्यतालाई प्राथमिकता दिइएको हो । उहाँले तालिममार्फत स्थानीय स्तरमै दक्ष उद्घोषक उत्पादन हुने अपेक्षा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार