मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न
बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न

Rato Pen 345+ समाचार ( )
२३ श्रावण २०८३, शनिबार

बारबर्दिया, विपद् उत्थानशीलता अभिवृद्धिका लागि पूर्वानुमानमा आधारित पूर्वकार्य सबलीकरण (प्रयास–दोस्रो चरण) परियोजनाअन्तर्गत बारबर्दिया नगरपालिका–७ मा सञ्चालित ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न भएको छ।

श्रावण १३ गतेदेखि २० गतेसम्म सञ्चालन भएको कार्यक्रममा स्थानीय ५० जनाको सहभागिता रहेको थियो। कार्यक्रमको अन्तिम दिन सहभागीहरूले चार घण्टा श्रमदान गरी औपचारिक रूपमा कार्यक्रमको समापन गरेका हुन्। कार्यक्रममा सहभागी प्रत्येक व्यक्तिलाई दैनिक रु. ७७० का दरले आठ दिनको पारिश्रमिक बैंक खातामार्फत उपलब्ध गराइने जनाइएको छ।

कार्यक्रममार्फत विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक संरचना निर्माण तथा संरक्षणसँगै स्थानीय नागरिकलाई रोजगारीको अवसरसमेत प्रदान गरिएको छ। कार्यक्रमअन्तर्गत बाढी तथा डुबानको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले तटबन्ध निर्माण तथा संरक्षणको काम गरिएको हो।

कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले रोजगारीको अवसर प्राप्त गर्नुका साथै बाढी तथा डुबानबाट समुदायलाई सुरक्षित बनाउने काममा योगदान गर्न पाउँदा खुसी लागेको बताएका छन्। यस्ता कार्यक्रमले स्थानीयको आयआर्जनमा सहयोग पुर्‍याउनुका साथै समुदायलाई प्राकृतिक विपद्बाट सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ।

कार्यक्रमको संयुक्त अनुगमनसमेत गरिएको थियो। अनुगमनमा प्लान इन्टरनेशनल नेपालका सनि विश्वकर्मा, बारबर्दिया नगरपालिका–७ का वडा अध्यक्ष इन्द्रप्रसाद थारू, बी ग्रुप प्रयास परियोजनाका कार्यक्रम संयोजक खेम भण्डारी, बारबर्दिया नगरपालिकाका विपद् सम्पर्क व्यक्ति राजकुमार चौधरीलगायतको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा सहभागीहरूले निर्माण तथा संरक्षणको काम प्रभावकारी रूपमा सम्पन्न भएको बताउँदै उक्त तटबन्धले बाढीको जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका थिए। तटबन्ध निर्माणका लागि बबई सिँचाइ आयोजना, बर्दिया र जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, गुलरियाले आवश्यकताअनुसार बोरा तथा जिओटेक्स्टाइल उपलब्ध गराई सहयोग गरेका थिए।

अनुगमन टोलीले बारबर्दिया नगरपालिका–२ मा निर्माण गरिएको सुरक्षित आश्रय स्थल तथा वडा नम्बर ११ मा निर्माण गरिएको कल्भर्टको समेत अनुगमन गरेको थियो।

बारबर्दिया नगरपालिकाका विपद् सम्पर्क व्यक्ति राजकुमार चौधरीले कार्यक्रममा सहभागीहरूलाई आफूहरू कमाउने काममा मात्र नभई समुदायलाई विपद्बाट जोगाउने कार्यमा समेत सहभागी भएकाले इमानदारी र जिम्मेवारीका साथ काम गर्न आग्रह गरिएको बताउनुभयो। बारबर्दिया नगरपालिकामा यसअघि सम्पन्न भएका कामको सकारात्मक नतिजा, स्थानीय समुदायको आवश्यकता तथा नगरपालिकाको मागलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।

बारबर्दिया नगरपालिका–७ का वडा अध्यक्ष इन्द्रप्रसाद थारूले सहभागीहरूलाई सुरक्षा सामग्रीको अनिवार्य प्रयोग गर्दै सुरक्षित रूपमा काम गर्न आग्रह गर्नुभयो। गुणस्तरीय र प्रभावकारी काम भए आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन हुने सम्भावना बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूको सुरक्षाका लागि प्रत्येक व्यक्तिलाई सुरक्षा हेल्मेट, सुरक्षा पञ्जा, प्रतिबिम्बित सुरक्षा ज्याकेट र सुरक्षा जुत्तासमेत उपलब्ध गराइएको थियो।

विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा समुदायको उत्थानशील क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम बारबर्दिया नगरपालिका, बी ग्रुप र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा कार्यान्वयन भइरहेको हो। परियोजनाका सुपरभाइजर भरत चौधरीका अनुसार कार्यक्रमले स्थानीयस्तरमा विपद् जोखिम न्यूनीकरणका संरचना निर्माण तथा संरक्षणसँगै समुदायको जीविकोपार्जनमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार