मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

तानाशाही तर्फ देश धकेल्ने षड्यन्त्र भैरहेको छ ः अध्यक्ष प्रचण्ड
तानाशाही तर्फ देश धकेल्ने षड्यन्त्र भैरहेको छ ः अध्यक्ष प्रचण्ड

Rato Pen 344+ समाचार ( )
२१ चैत्र २०८१, शनिबार

बर्दिया - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले प्राप्त गरेका अधिकार खोस्ने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध जनताले एकजुट हुनुपर्ने बताउनु भएको छ । 

“जनतासँग माओवादी, तराई मधेस जागरण अभियान” अन्तर्गत बर्दियाको मधुवन नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले संविधानमार्फत महिलासहित दलित, थारु, मधेसी, मुस्लिम र पछाडि पारिएका वर्गले प्राप्त गरेका अधिकारप्रति असहिष्णुता देखाउने तत्वहरूले देशलाई पुनः हत्या, हिंसा र आतंकतर्फ धकेल्न खोजिरहेको बताउनु भएको छ । 

“यो षड्यन्त्र रोक्न नेपाली जनताकै बल आवश्यक छ,” उहाँले भन्नु भयो, “अब जनताको एकताको बलमार्फत मात्र यस्तो दुस्साहसको अन्त्य सम्भव छ ।” प्रचण्डले जनताको एकता र जागरणका लागि माओवादी केन्द्रले योजनाबद्ध रूपमा अभियान अघि बढाएको स्पष्ट पार्नु भएको छ । 

अध्यक्ष प्रचण्डले बर्दियामा विभिन्न कार्यक्रममा सहभागिता जनाउनु भएको छ । बिहान ८ बजे बढैयाताल र बासगढी क्षेत्रका सहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया, त्यसपछि बिहान १० बजे बढैयाताल–६ मैनापोखरमा आयोजित जनसभामा सम्बोधन गर्नु भयो । 

बिहान ११ ः ३० बजे गुलरिया नगरपालिका–१२ बिक्रीगाउँमा निर्मित सहिद कृष्ण चौधरीको शालिक अनावरण गर्नु भयो । त्यसपछि दिउँसो १ः३० बजे मधुवन नगरपालिका लालीबजारमा आयोजित जनसभा तथा ३ः३० बजे ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा नागरिक संवाद कार्यक्रममा सहभागी हुनु भएको छ । 

कार्यक्रममा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, अग्नि सापकोटा, महासचिव देव गुरुङलगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार