मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन पालिकालाई हस्तान्तरण
किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन पालिकालाई हस्तान्तरण

Rato Pen 345+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

बारबर्दिया

बारबर्दिया नगरपालिका–१ मा निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनको उद्घाटन तथा पालिकालाई हस्तान्तरण गरिएको छ। प्लान इन्टरनेशनल नेपाल र कोईकाको आर्थिक सहयोगमा राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा निर्माण गरिएको उक्त भवनको उद्घाटन लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले यस्तो सेवा र सुविधासहितको भवन प्रत्येक स्वास्थ्य संस्थामा आवश्यक रहेको बताउनुभयो। नेपालमा किशोरकिशोरी मैत्री भवन बारबर्दियाको वडा नम्बर १ मा निर्माण हुनु यस क्षेत्रका जनताका लागि सौभाग्यको विषय रहेको उहाँले उल्लेख गर्नुभयो। सुविधा सम्पन्न भवनबाट किशोरकिशोरीहरूले भरपूर सेवा लिन आग्रह गर्दै उहाँले लुम्बिनी प्रदेश सरकारले सामाजिक क्षेत्रमा विभिन्न कार्यहरू गरिरहेको जानकारी दिनुभयो। साथै, यस्ता सामाजिक कार्यमा संलग्न सहयोगी निकायहरूलाई निरन्तर साथ दिन आग्रह गर्नुभयो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनमार्फत निरन्तर सेवा प्रवाह गरिने बताउनुभयो। जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सामाजिक अगुवा तथा समुदायका व्यक्तिहरूले सेवाबारे जनचेतना फैलाउनुपर्ने बताउँदै उहाँले सामाजिक समस्याहरू समाधानका लागि स्थानीय समुदाय नै अगाडि आउनुपर्ने उल्लेख गर्नुभयो। समाजमा व्याप्त हानिकारक अभ्यासहरू हटाउन सके समाज सुधार गर्न सकिने उहाँको भनाइ थियो।

बारबर्दियाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले सामाजिक संघसंस्थाहरूले सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। स्वास्थ्य संस्था तथा विद्यालयहरूमा खानेपानी तथा सरसफाइ सुधारमा राम्रो काम भइरहेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताउनुभयो।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले किशोरकिशोरी मैत्री सेवा प्रदान गर्ने भवनको उद्घाटन लुम्बिनी प्रदेशका लागि उदाहरणीय कार्य भएको बताउनुभयो। जनस्वास्थ्य निर्देशनालयले स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरी मैत्री सेवालाई आधारभूत सेवा रूपमा लिएको जानकारी दिँदै उहाँले किशोरकिशोरीहरूका लागि समयमै सही मार्गनिर्देशन आवश्यक रहेको उल्लेख गर्नुभयो। नेपालमा करिब २० प्रतिशत जनसंख्या किशोरकिशोरीहरू रहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले समयमै उचित सेवा तथा मार्गनिर्देशन नपाएमा विभिन्न सामाजिक समस्याहरू बढ्न सक्ने चेतावनी दिनुभयो। नेपालमा बाल विवाह तथा सानै उमेरमा आमा बन्ने प्रथाले स्वास्थ्य समस्यासहित विकासमा समेत बाधा पुर्याइरहेको बताउनुभयो।

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक रामकिसुनले भौतिक संरचनाभन्दा सेवा प्रवाह नै प्रमुख विषय भएको बताउँदै सेवा प्रवाहलाई उच्च प्राथमिकता दिन अनुरोध गर्नुभयो। परियोजना अझै सञ्चालनमा रहेकोले आवश्यक सहयोग प्रदान गर्न तयार रहेको जानकारी दिनुभयो।

राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले भवनको निर्माणमा कुनै पनि सम्झौता नगरिएको र तोकिएको मापदण्डअनुसार नै निर्माण गरिएको जानकारी गराउनुभयो।

कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका किशोरकिशोरी यौन तथा प्रजनन अधिकार परियोजनाका कार्यक्रम संयोजक सुरज अर्यालले भवन निर्माणबारे जानकारी गराउँदै भवन ४७ लाखभन्दा बढीको लागतमा निर्माण गरिएको बताउनु भयाे। हस्तान्तरण पश्चात् यसको संरक्षण, व्यवस्थापन तथा सेवा सञ्चालनको जिम्मा नगरपालिका वा स्वास्थ्य शाखाले लिने जानकारी गराउनुभयो।

उक्त कार्यक्रमको सञ्चालन बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख गोबिन्द पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य तथा बारबर्दिया नगरपालिका वडा नम्बर १ को अवस्थाबारे वडा अध्यक्ष कैलाशपति थारुले जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार