मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

१६ वैशाख २०८२, बुधवार

भूमिहीनसँग अवैध रूपमा पैसा उठाउनेबाट सतर्क रहन आग्रह

होमेन्द्र थापा, बर्दिया 

भूमि समस्या समाधान आयोग, बर्दियाका अध्यक्ष अरुण प्रकाश राठौरले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूसँग अवैध रूपमा पैसा असुल्ने व्यक्तिबाट सतर्क रहन आग्रह गर्नुभएको छ।

मंगलवार जिल्ला भूमि अधिकार मञ्च, बर्दियाद्वारा आयोजित अगुवा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले विगतका पुस्तादेखि जग्गाविहीन रहेका नागरिकसँग समेत विभिन्न बहानामा पैसा उठाइँदै आएको गुनासो आएको बताउनुभयो। “जो व्यक्ति तीन–चार पुस्तादेखि जग्गाविहीन छन्, तिनैसँग पैसा उठाउने प्रवृत्ति कहिलेसम्म सहेर बस्ने?” भन्दै उहाँले प्रश्न गर्नुभयो। उहाँले, “कसैले म काम गराइदिन्छु भनेर पैसा मागे पनि त्यसरी काम हुने होइन,” भन्दै ठगीबाट जोगिन सावधानी अपनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा आयोगका विज्ञ सदस्य रामकृष्ण चौधरीले आयोगको हालसम्मको काम, ३५ दिने सूचना प्रकाशन, तथा स्थानीय पालिकासँगको समन्वय प्रयासबारे जानकारी दिनुभयो। उहाँले भूमिहीन दलित र सुकुम्बासीलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको स्पष्ट पार्दै, पालिकाहरूले सक्रियता नदेखाए कार्य प्रक्रियामा ढिलाइ हुने चेतावनी दिनुभयो।

जिल्लाको गुलरियामा आयोजित प्रशिक्षणको उद्देश्य भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसम्बन्धी नीतिगत र व्यवहारिक ज्ञान आदानप्रदान गर्नु, स्थानीय कार्यकर्ता परिचालन गर्नु तथा आवश्यकताअनुसार अभियान योजना तयार गर्नु रहेको मञ्चले जनाएको छ। कार्यक्रममा जिल्लाका विभिन्न पालिकाबाट ७६ जना महिला तथा पुरुष अगुवाहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार