मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

भूमि समस्या समाधान आयोग तत्काल कार्यान्वयन गर्न आग्रह
भूमि समस्या समाधान आयोग तत्काल कार्यान्वयन गर्न आग्रह

Rato Pen 344+ समाचार ( )
२० फाल्गुन २०८१, मङ्गलबार

बर्दिया, 

बर्दिया जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गर्न स्थानीय सरोकारवालाहरूले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनु भएको छ । भूमि समस्या समाधान आयोग बर्दियाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख तथा सरोकारवालाहरूले आयोगले छिटो काम प्रारम्भ गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको हो । 

बर्दियाका आठवटै पालिकाका प्रमुख तथा प्रतिनिधिहरूले भूमि समस्या समाधानका लागि आर्थिक तथा प्रशासनिक रूपमा पूर्ण सहयोग गर्न तयार रहेको बताउनु भएको छ । पालिकाहरू आवश्यक तयारीमा रहेको र आयोगको आदेशको प्रतीक्षामा रहेको जनाइएको छ । आयोगको सहयोग बिना पालिकाहरूले प्रक्रिया अगाडि बढाउन नसक्ने भएकाले कर्मचारी खटाएर सम्बन्धित पालिकामा पठाउनुपर्ने माग गरिएको छ ।

आयोगले आदेश दिने बित्तिकै नापजाँचदेखि लालपुर्जा वितरणका कार्यहरू प्रारम्भ गरिने बताइएको छ । कार्यक्रममा सरोकारवाला, पूर्व भूमि समस्या समाधान आयोगका पदाधिकारीहरू तथा भूमि अभियानकर्मीहरूले बर्दियामा अन्य जिल्लाभन्दा पृथक रूपमा भूमि समस्या रहेको बताउनु भएको छ । राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नदी कटान तथा किनार, र कपास फार्मको नाममा रहेको जग्गासम्बन्धी समस्याहरू समाधान गर्न आयोग र राजनीतिक प्रक्रिया दुवै आवश्यक पर्ने धारणा व्यक्त गरिएको छ ।

भूमि समस्या समाधान आयोग बर्दियाका अध्यक्ष अरुणप्रकाश सिंह राठौरले आयोगलाई सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्दै पालिका तथा सरोकारवालाहरूको सहयोग आवश्यक रहेको बताउनु भयो । साथै, सरोकारवालाहरूको सल्लाहअनुसार प्रक्रिया अगाडि बढाइने जानकारी दिनु भयो । राजनीतिक दलका प्रतिनिधिहरूले पनि भूमि समस्या समाधानका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार