मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

एशीया कप क्रिकेटको उपाधि भारतलाई, श्रीलंकाको लज्जास्पद पराजय

Rato Pen 1+ समाचार ( )
३१ भाद्र २०८०, आइतबार

मोरङ । एसिया कप क्रिकेटको उपाधि भारतले  जितेको छ । आज भएको फाइनलमा श्रीलंकालाई १० विकेटको लज्जास्पद हार चखाउँदै भारत उपाधि विजेता बनेको हो ।

टस जितेर ब्याटिङ रोजेको श्रीलंका ५० रनमै अलआउट भएको थियो । मोहम्मद सिराजले एकै ओभरमा ४ विकेट लिएपछि धराशयी बनेको श्रीलंकाले कुनै पनि क्षण भारतलाई चुनौति दिन सकेन । श्रीलंकाका दुईजना ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन बनाए । चार जना ब्याट्सम्यान शून्यमा आउट भए ।

सिराजले ७ ओभर बलिङ गर्दा २१ रन दिएर ६ विकेट लिए । हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ रन मात्र खर्चेर तीन विकेट लिए भने जसप्रित बुमराहले १ विकेट लिए । श्रीलंकाका कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए ।

जवाफी ब्याटिङमा भारतले ६.१ ओभरमै लक्ष्य भेट्टायो । कप्तान रोहित शर्माको स्थानमा इसान किसनले शुभमन गिलसँग ब्याटिङ सुरुवात गरेका थिए ।

उनीहरुले श्रीलंकाका बलरहरुलाई कुनै मौका दिएनन् । गिलले १९ बलमा ६ चौकासहित २७ रन बनाए भने किसनले १८ बलमा २३ रन बनाए ।

यो संगै भारतले आठौंपटक एसिया कपको उपाधि जितेको छ। पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले भारतसंगको खेलमा सम्मानजनक प्रदर्सन गरेको थियो । जसको चौतर्फी प्रसंशा भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार