मुख्य समाचार
कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन |

रेष्टको कार्यक्रमले बारबर्दियाका सयौँ बालबालिकाको भविष्य उज्यालो बनाउँदै
रेष्टको कार्यक्रमले बारबर्दियाका सयौँ बालबालिकाको भविष्य उज्यालो बनाउँदै

Rato Pen 305+ समाचार ( )
१६ असार २०८२, मङ्गलबार

बारबर्दिया,  आर्थिक, सामाजिक र शैक्षिक हिसाबले पछाडि पारिएका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउँदै आएको ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) को कार्यक्रम बारबर्दियामा प्रभावकारी रूपमा अघि बढिरहेको छ। बारबर्दिया नगरपालिकाको आयोजना र नगरप्रमुख छबिलाल थारुको अध्यक्षतामा सोमबार सम्पन्न स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा कार्यक्रमको प्रगति र भावी योजना प्रस्तुत गरिएकाे छ ।

२०६७ सालदेखि सञ्चालनमा रहेको कार्यक्रमले सुरुमा ७ विद्यालयका ८४ बालबालिकालाई सहायता गर्दै आएको थियो। समयसँगै विस्तार हुँदै हाल २०८२ सालसम्म १० विद्यालयका ४०७ जना विद्यार्थीले रेष्टको प्रत्यक्ष सहयोग पाउँदै आएकाे छ। कार्यक्रम बारबर्दियाका वडा नं. ४, ५, ६, ९, १० र ११ मा सञ्चालनमा रहेको छ।

रेष्टको सहयोगमा बालबालिकालाई विद्यालय पोशाक, पाठ्यपुस्तक, स्वीटर, कोठा भाडा, यातायात खर्च, सम्पर्क, परीक्षाशुल्कलगायत विविध शैक्षिक सामग्री र सेवामा सहायता पुर्‍याइएको छ।

रेष्टको प्राथमिकता शिक्षाका माध्यमबाट बालविवाह, बालश्रम, लैङ्गिक हिंसा, चेलीबेटी बेचबिखन र असुरक्षित अप्रवासनजस्ता गम्भीर सामाजिक समस्याहरूको न्यूनीकरण गर्नु हो। यसले बालबालिकाको आत्मबल अभिवृद्धि मात्रै होइन, अभिभावकलाई समेत शिक्षाको महत्त्वबारे सजग बनाएको छ।

सहयोग पाएका विद्यार्थी र अभिभावकहरूले रेष्टको समर्थनले शिक्षामा सहजता मिलेको, पारिवारिक बोझ घटेको र सन्तान शिक्षाबाट बञ्चित हुनबाट जोगिएको अनुभव सुनाउनु भएकाे छ । कक्षा १० सम्म रेष्टकै सहयोगमा अध्ययन गरेकी सुक्रबारीय कक्षाकी सहजकर्ता निसा परियारले अहिले आफैँ अरू बालबालिकाको शिक्षामा सहजीकरण गरिरहनु भएकाे छ ।

२०८१ मा सामाग्री वितरण, चेतनामूलक कार्यक्रम, अतिरिक्त क्रियाकलाप र कक्षा ११–१२ का विद्यार्थीहरूलाई निरन्तर सहयोग गरिएको थियो। २०८३ सालमा पनि कक्षा १ देखि १० सम्मका लागि शैक्षिक सामग्री वितरण, चेतनामूलक कार्यक्रम, अल्मुनाई समूहको सहकार्यमा अतिरिक्त गतिविधि र कक्षा ११–१२ का लागि सहायता जारी राख्ने योजना सार्वजनिक गरिएको छ।

यसबीच, रेष्टबाट अध्ययन गरेका युवामध्ये ६० भन्दा बढी अहिले विभिन्न पेशामा संलग्न भइसकेका छन् — कसैले उद्यम थालेका छन्, कसैले शिक्षक, सहकारीकर्मी, सुरक्षागार्ड वा अन्य रोजगारी पाएका छन्। यो कार्यक्रमको दीगो प्रभाव र सफलताको प्रमाण हो।

बैठकमा सहभागी शिक्षक, अभिभावक र सरोकारवालाहरूले मुक्तकमैया समुदायका सन्तानसहित अति विपन्न बालबालिकालाई प्राथमिकतामा राखेर सहयोगको दायरा बढाउनुपर्ने सुझाव दिनु भएकाे छ। साथै, अभिभावक शिक्षालाई पनि नियमित कार्यक्रमको रूपमा अगाडि बढाउनुपर्ने धारणा राखिएको छ।

नगरप्रवक्ता सिताराम योगीले रेष्टको कार्यप्रणालीप्रति सन्तुष्टि व्यक्त गर्दै विद्यार्थी छनोट प्रक्रिया न्यायसंगत र प्रभावकारी रहेको बताउनु भयाे । नगरउपप्रमुख रत्नकुमारी पाण्डेले शिक्षा पहुँचबाट बञ्चित हुने अवस्थामा रहेका बालबालिकाप्रति सबै सरोकारवालाहरूको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनु भयाे । 

नगरप्रमुख छबिलाल थारुले भन्नु भयो, “बारबर्दिया नगरपालिका अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको नेपालको पहिलो नगरपालिका हो। विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गराउने अभियान निरन्तर चलिरहेको छ।”

उहाँले दोहोरो सुविधा रोक्नुपर्ने, सबै बालबालिकाले समान अवसर पाउनु पर्ने र सहजकर्ताहरूले अभिभावकलाई पनि परामर्श दिनुपर्ने बताउनु भयाे । “सामुदायिक विद्यालयको गुणस्तर अब संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा पुगेको छ,” उहाँको भनाइ थियो।

बैठकमा रेष्टका प्रदेश संयोजक आयुस ढकालले कार्यक्रमको प्रगति र आगामी योजना प्रस्तुत गर्नुभएको थियो भने सहजीकरण कार्यक्रम व्यवस्थापक गणेशप्रसाद भट्टराईले गर्नुभएको थियो। सहभागीहरूले रेष्टको प्रयासलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार, विद्यालय र समुदायबीच सशक्त सहकार्य आवश्यक रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार