मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत कोइरालाको विदाई

Rato Pen 1+ समाचार ( )
१ जेठ २०८०, सोमबार

विराटनगर । सरुवा भएर जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई विराटनगर महानगरपालिकाले विदाई गरेको छ । 

आज औपचारिक कार्यक्रम गरेर महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत कोइरालाको विदाई गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले खादा र अविर लगाएर विदाई गर्नु भएको थियो ।

मेयर कोइरालाले कर्मचारीहरुको सरुवा नियमित प्रक्रिया भए पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा विष्णुप्रसाद कोइरालाले विराटनगरमा छुट्टै छाप छाडेर गएको बताउनुभयो ।

उहाँले महानगरको कर्मचारी संयन्त्रलाई कोइरालाले चलायमान बनाउनुका साथै छोटो समयमा निकै महत्वपूर्ण काम गरेको स्मरण गर्नुभयो । उपमेयर कार्कीले पनि प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई महानगरपालिकाले सधैं सम्झिरहने बताउनुभयो । 

उहाँले वर्षौंदेखि हुन नसकेका कामहरु पछिल्लो ८ महिनामा भएको उल्लेख गर्नुभयो । कार्यपालिका सदस्यहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले प्रमुख प्रशासकीय अधिकृतका रुपमा कोइरालाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताउनुभयो ।

कोइरालाले आफ्ना लागि विराटनगर घर भएको बताएको बताउनुभयो । उहाँले विराटनगरलाई आफूले कहिल्यै बिर्सन नसक्ने प्रस्ट पार्नुभयो ।

उहाँलाई कार्यपालिका सदस्य र कर्मचारीहरुले खादा र अविर लगाएर विदाई गरेका थिए । कोइराला कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनु भएको छ । कोइराला ८ महिनाअघि विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आउनु भएको थियो । 

यसैबीच, प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आउनु भएका राजेन्द्र पराजुलीलाई आजै महानगरपालिकाले स्वागत गरेको छ । पराजुलीलाई पनि मेयर कोइराला र उपमेयर कार्कीले खादा र माला लगाएर स्वागत गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार