मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

नेपालमा पेट्रोल डिजेलको मूल्य घटाउने तयारी

Rato Pen 1+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मात्र नयाँ मूल्य भारतबाट आएको जनाएको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार डिजेल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१ पैसाले घटेर आएको छ ।

इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्यसूचीअनुसार डिजल र पेट्रोलको मूल्य घटेर आएको हो । यसअघि भारतबाट मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा एक अर्ब ६० करोड रुपैयाँ नाफा भएको थियो ।

भारतबाट मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य घटाउने तयारी भएको छ । निगमको बोर्ड बैठकले यस विषयको निर्णय लिने बताइएको छ ।

महिनामा दुई पटक नयाँ मूल्य सूची भारतले पठाउने गर्छ । जसमा १ तारिखमा सबै पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य समायोजन भएर आउँछ । १६ तारिखमा भने पेट्रोल र डिजेलको मात्रै नयाँ मूल्य सूची आउने प्रवक्ता ठाकुरले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार