मुख्य समाचार
विद्यालय असल संस्कार र नेतृत्व विकासको केन्द्र हो : मन्त्री तिमिल्सिना | | बारबर्दियामा परिवार केन्द्रित सामुदायिक स्वास्थ्य कार्यक्रम लागू | किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक | स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने |

३ असार २०८३, बुधवार

होमेन्द्र थापा, बर्दिया

बर्दियाको गुलरिया नगरपालिका–८ मा बाढी प्रभावित २८ घरपरिवारलाई आवास हस्तान्तरण गरिएको छ। कारितास नेपाल र गुलरिया नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको “बाढी प्रभावित परिवारहरूको आपतकालीन जीविकोपार्जन तथा पूर्वाधार पुनस्र्थापना परियोजना” अन्तर्गत निर्माण गरिएका आवासहरू मंगलबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो।

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले लाभग्राही परिवारलाई आवास हस्तान्तरण गर्नुभएको थियो। आवास प्राप्त गर्ने मध्ये ४ घर दलित, ९ घर मुस्लिम, ३ घर मधेसी, ९ घर जनजाती, ३ घर बाह्रमण÷क्षेत्री, ५ घर अपाङ्गता र ७ घर एकल  रहेका छन। 

कारितास नेपालका अनुसार कारितास इटालियानाको आर्थिक सहयोगमा सञ्चालित उक्त परियोजना जुलाई २०२५ देखि जुन २०२६ सम्म कार्यान्वयन गरिएको हो।

कार्यक्रममा नगर उपप्रमुख सावित्रा गौतमले परियोजनाले बाढी प्रभावित बस्तीलाई व्यवस्थित र सुरक्षित बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताउँदै समुदायमा आपसी सहकार्य र सद्भाव कायम राख्न आग्रह गर्नुभयो।

बर्दिया जिल्ला बाढी, आगलागी, भूकम्प तथा हावाहुरीजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको क्षेत्र हो। यस्ता विपद्का कारण धेरै परिवारले आवास, जीविकोपार्जनका साधन तथा सुरक्षित बसोबास गुमाउनुपरेको अवस्था रहेको छ।

परियोजनाअन्तर्गत २८ घरधुरीलाई बाढी प्रतिरोधी सुरक्षित आवास निर्माण सहयोग प्रदान गरिएको छ भने ६७ घरधुरीलाई जीविकोपार्जन प्रवद्र्धन तथा सीप विकाससम्बन्धी सहयोग उपलब्ध गराइएको छ। यसका साथै छरिएर रहेका असुरक्षित परिवारलाई व्यवस्थित बस्तीमा बसोबास गराउने व्यवस्था मिलाइएको छ। भने विद्युत प्राधिकरणको सहयोगमा २८ वटै घरपरिवारमा विद्युत सेवा समेत विस्तार गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार