मुख्य समाचार
कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन |

बर्दियामा बाढीको उच्च जोखिमः तयारी भइरहे पनि स्थायी समाधान अझै अधुरै
बर्दियामा बाढीको उच्च जोखिमः तयारी भइरहे पनि स्थायी समाधान अझै अधुरै

Rato Pen 305+ समाचार ( )
२५ असार २०८२, बिहीबार

होमेन्द्र थापा, बर्दिया
बर्दिया जिल्ला भएर बग्ने कर्णाली, बबई, औराही र मान खोलाले हरेक वर्ष वर्षायाममा बाढीको उच्च जोखिममा रहन्छ। विशेषगरी कर्णाली र बबई नदीको बढ्दो पानीले स्थानीयवासीहरूलाई विशेष प्रभावित पार्छ। साथै, वन क्षेत्रबाट बग्ने खहरे खोलाले बस्ती र कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याउँछ।

बाढीबाट हुने क्षति न्यूनीकरण गर्न विभिन्न तहमा पूर्वतयारी सुरु गरिएको छ। तथापि, नदी किनार र जोखिमयुक्त क्षेत्रमा बासिन्दा अझै त्रसित छन्। राजापुर–१ मा बस्ने निर्मला सिंजापती भन्छिन्, “वर्षेनी बाढीको डरले रातभर नसुती मात्र नदीतिर हेरेर बसेर दिनहुँ भयको वातावरणमा बाँच्नुपर्छ।” उनी बताउँछिन् कि घरका सरसामान सुरक्षित स्थानमा सार्नुपर्ने बाध्यता झन् पीडादायी बनिरहेको छ।

गुलरिया–४, बालापुरकी कालीप्रसाद थारुले बबई नदीले हरेक वर्ष ठूलो बाढी ल्याएर गाउँमा भारी क्षति पुर्‍याउने र “तटबन्ध समयमै नबन्दा जोखिम झन् बढी” भएको जिकिर गर्छन्।

राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताएअनुसार, “कर्णाली र बबईले नगरपालिका चारैतिर घेरेको हुँदा जोखिम अत्यन्तै उच्च छ। जोखिम न्यूनीकरणका लागि वडास्तरमा चेतनामूलक तालिम, स्वचालित तथा हाते सायरन परीक्षण, र १३ वटा सामुदायिक भवनलाई अस्थायी आश्रयस्थलमा रूपान्तरण गर्ने तयारी जारी छ।”

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर स्रोत–साधनको अधिकतम उपयोग गर्दै तयारी थालिएको छ। “तालिमप्राप्त जनशक्ति परिचालन, आवश्यक सामग्रीको मर्मत, स्काभेटर र डोजरजस्ता भारी उपकरण तयारी अवस्थामा राखिएका छन्। स्थानीय तहसँग समन्वय गरी स्रोत र सामग्री संकलन गरिएको छ, यद्यपि अझै केही सामग्रीको कमी र समन्वय आवश्यक रहेको छ।”

स्थानीयवासीहरूको भनाइ छ कि बाढी रोकथाम र न्युनिकरणका लागि पूर्वतयारी र चेतनामूलक कार्यक्रम भइरहे पनि, स्थायी समाधान र दिगो पूर्वाधार निर्माणका लागि अझै धेरै काम बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार