मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

पण्डितपुर बैरियाघाटमा झोलुङ्गे पुल सञ्चालन, स्थानीयलाई राहत
पण्डितपुर बैरियाघाटमा झोलुङ्गे पुल सञ्चालन, स्थानीयलाई राहत

Rato Pen 368+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

होमेन्द्र थापा, बर्दिया

बर्दियाको पण्डितपुर बैरियाघाटमा मल्टीस्पान झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा हर्षित भएका छन्। शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग (सस्पेन्सन ब्रिज डिभिजन, पुल्चोक, ललितपुर) को लगानीमा श्री थानी निर्माण सेवा प्रा. लि. द्वारा निर्मित उक्त पुल सञ्चालनमा आएपछि यातायातमा सहजता आएको छ।

यसअघि स्थानीयवासीलाई बबई नदी पार गर्न डुङ्गाको भर पर्नु पर्दथ्यो, जसले डर, आर्थिक बोझ तथा समयको बर्बादी निम्त्याउँथ्यो। झोलुङ्गे पुल सञ्चालनमा आएपछि सदरमुकाम गुलरिया जाँदा आउँदा ढुङ्गा तर्नुपर्ने झन्झट हटेको छ। मोटरसाइकल, साइकल तथा पैदलयात्रीहरू दिनरात यात्रा गर्न सक्ने भएकाले स्थानीयवासीले सहजता महसुस गरेका छन्। बारबर्दिया–४ का स्थानीय खुशीराम चौधरीका अनुसार पुल सञ्चालन भएसँगै दैनिक आवतजावत सरल भएको छ।

सस्पेन्सन "एमएन" प्रविधिबाट निर्मित उक्त पुल ४१२.९८ मिटर लम्बाइको छ, जसको भारबहन क्षमता १११ टन रहेको छ। पुलमा एकैपटक ८०२ जना पैदलयात्री आवतजावत गर्न सक्छन्। पुल बनेपछि स्थानीय बासिन्दा दैनिकरूपमा यसलाई हेर्न र घुम्न आउने गरेका छन् भने व्यवसायिक सम्भावनाका रूपमा खाजा पसलहरू खुल्न थालेका छन्।

बबई नदी दाङ र सल्यान हुँदै बर्दियाका पाँचवटा पालिकालाई छोएर भारत प्रवेश गर्छ। यस नदीमा चेपाङ बबई,  परेवा ओडार बबई, लठुवाघाट, भादाघाटमा पक्की पुल, कुसुम्बाघाट, बैरियाघाट, बालापुरघाटमा झोलुङ्गे पुल, कुम्रघाट, जब्दीघाटमा अस्थायी काठे पुल तथा चन्दनपुरघाट र खैलारघाटमा अस्थायी ह्युमपाइप पुल गरी कुल ११ वटा पुल सञ्चालनमा छन्। पण्डितपुर बैरियाघाटमा झोलुङ्गे पुल सञ्चालनमा आएसँगै दैनिक सयौं यात्रु लाभान्वित भएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार