मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |
मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |


प्रदेश उपसचिवमा उम्मेद्वारी दिने सत्यनारायण चौधरीको तयारी

Rato Pen 1+ समाचार ( )
१२ अशोज २०८०, शुक्रबार

मोरङ । नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य सत्यनारायण चौधरीले प्रदेश कमिटी उपसचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । प्रदेश अधिवेशनस्थल विराटनगरबाट मोरङ खबर डटकमका प्रतिनिधिसँग कुराकानी गर्दै नेता चौधरीले कोशी प्रदेशको प्रथम अधिवेशनमा आफ्नो दावी उपसचिव पदमा रहने बताउनु भएको हो ।

उहाँले पार्टीमा आफूले गरेको योगदान, सक्रियता र समावेशीताको हिसावले समेत आफु उपसचिव पदका लागि योग्य रहेको उल्लेख गर्नुभयो । हाल कोशी प्रदेश सचिवालय सदस्य तथा मनमोहन प्राविधिक विश्वविद्यालय हात्तीमुढा मोरङका सिनेट सदस्य समेत रहेका चौधरी इमान्दर, निष्ठावान र सादगी नेताको रुपमा चिनिनुहुन्छ । 

गतवर्ष सम्पन्न निर्वाचनमा मोरङ ६(क) बाट प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फको टीकट पाउने निर्विकल्प दाबेदारका रुपमा रहेका चौधरी सोही समयमा सिकिस्त विरामी परेपछि उहाँलाई संघीयतर्फको सामानुपातिक सूचीमा राखिएको थियो ।

मोरङको बूढीगंगा, विराटनगर, ग्रामथान र सुन्दरहरैंचा क्षेत्रमा रहेर भूगोलको राजनीति गर्नुका साथै झापा, सुनसरी र उपयपुर लगायत जिल्लामा समेत पार्टी काममा सक्रिय हुनुभएका चौधरी एमालेमा थारु समुदायबाट प्रतिनिधित्व गर्ने अगुवा नेतामा पर्नुहुन्छ । यस क्षेत्रका थारु वस्तीहरुमा संगठन विस्तारमा २०४० सालदेखि सक्रिय चौधरीले तत्कालिन नेकपा मालेमा आवद्ध भएर कम्युनिष्ट राजनीति सुरु गर्नु भएको थियो ।

२०४३ र २०४४ मा अनेरास्ववियूको महेन्द्र मोरङ क्याम्पसको प्रा. क. हुँदै जिल्ला उपाध्यक्ष भएका चौधरी २०४७ सालमा पार्टीको जिल्ला सदस्य बन्नु भएको थियो । त्यसपछि जिल्ला पदाधिकारी हुँदै एमालेको जनवर्गिय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको संस्थापक सदस्य हुनुभयो । हाल उहाँ लोकतान्त्रिक आदिवासी जनजाति महासंघको स्थायी समिति सदस्य तथा थारु संगठनको केन्द्रीय इञ्चार्ज समेत हुुनुहुन्छ ।  

 राजनीतिसँगै सामाजिक गतिविधिमा पनि उत्तीकै सक्रिय रहनु भएका चौधरीले विभिन्न वित्तिय तथा सहकारी संस्थाहरुको नेतृत्वमा रहि सञ्चालकको रुपमा समेत लामो समय काम गर्नुभयो ।

उहाँ २०५४ सालमा तत्कालिन विकाशे अड्डा मोरङ जिल्ला विकास समितिको सदस्य हुनुभयो भने २०६४ सालमा संविधानसभा सदस्य पदको उम्मेदवार पनि बन्नुभयो । २०७९ को निर्वाचनमा भने उहाँ थारु कोटाबाट प्रतिनिधसभा सदस्यको समानुपातिक सूचीमा पहिलो नम्बरमा रहनु भएको थियो । 

अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा विराटनगरस्थित एक होटलमा प्रथम कोशी प्रदेश अधिवेशनको उद्घाटन गरिएको छ । उद्घाटनपछि आजै साँझदेखि बन्द सत्र सुरु भएकोमा भोलिसम्मका लागि स्थगित गरिएको छ । प्रदेश अध्यक्षमा पूवसांसद् घनश्याम खतिवडा र केन्द्रीय सदस्य विनोद ढकालको मुख्य दाबेदारी रहेको छ । अन्य पदमा भने धेरै नेताहरुले दाबी गरेका छन् ।

नेता सत्यनारायण चौधरीले दावी गर्नु भएको उपसचिव पदमा पूर्व प्रदेशसभा सदस्य विमला कार्की, बेलका नगरपालिकाका पूर्वमेयर दुर्गा थापा, त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई, राष्ट्रियसभाका पूर्वसदस्य मोरङका खेम नेपाली, नेतृ विमला घिमिरे, हालकी उपसचिव धना तामाङ, झापाकी सुमित्रा भण्डारी र वसन्त बानियाँ लगायतले इच्छा जायर गरेका छन् ।  

नेकपा एमालेले देश संघीय संरचनामा गएपछि पहिलोपटक अधिवेशनमार्फत प्रदेशको नेतृत्व चुन्न लागेको हो । अधिवेशनबाट अध्यक्षसहित ५ जना पदाधिकारी गरि जम्मा २ सय १५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । 

 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार