मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

मधुवन नगरपालिकाको सेवा सुधारमा तीव्र गति, नगरप्रवक्ताबाट पत्रकार भेटघाटमा जानकारी
मधुवन नगरपालिकाको सेवा सुधारमा तीव्र गति, नगरप्रवक्ताबाट पत्रकार भेटघाटमा जानकारी

Rato Pen 344+ समाचार ( )
१९ असार २०८२, शुक्रबार

मधुवन, बर्दिया – बर्दिया जिल्लाको मधुवन नगरपालिकाले पछिल्लो समय स्वास्थ्य, कृषि, शिक्षा र भौतिक पूर्वाधार क्षेत्रहरूमा उल्लेखनीय सुधार र सेवा विस्तार गर्दै आएको छ। नगरप्रवक्ता मेकबहादुर गुरुङ्गले मधुवन नगरपालिकाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरले गरेको प्रगति र आगामी योजनाबारे जानकारी गराउनु भएकाे हाे ।

उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा आधारभूत नगर अस्पताल सानोश्रीमा सञ्चालनमा ल्याइएको छ। हालसम्म ७०५ जनाले निःशुल्क स्वास्थ्य बीमा सुविधा प्राप्त गरिसकेका छन् भने होम डेलिभरी सेवा शून्य अवस्थामा पुगेको जनाइएको छ। नगरपालिकाले विभिन्न समय र स्थानमा निःशुल्क विशेष स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ, जसबाट स्थानीयवासीले प्रत्यक्ष लाभ लिइरहेका छन्।

कृषि क्षेत्रमा पनि नगरपालिकाले महत्वाकांक्षी योजना अघि सारेको छ। बसन्ते मकै खेतीको क्षेत्र विस्तार गरी ४०० हेक्टरसम्म पुर्याउने लक्ष्य लिइएको छ। चालू आर्थिक वर्षमा मात्र ४० हजार केजी उन्नत बीउ वितरण गरिएको छ भने ४ हजारभन्दा बढी किसान लाभान्वित भएका छन्। माटो परीक्षण, मल, बीउ तथा कीटनाशक वितरणमा ५० प्रतिशत अनुदान दिइँदै आएको छ। उन्नत तरकारी खेतीको प्रवर्द्धनका लागि १२ जना किसानले नयाँ टनेलमार्फत खेती सुरु गरेका छन्। साथै, किसानलाई सहयोगस्वरूप १०० वटा पीपीई सेट र एकवटा सोलार ड्रायर वितरण गरिएको छ। सिँचाइ सुविधा विस्तारका लागि पाँच वटा साना योजना र कुलो मर्मत कार्य सम्पन्न गरिएको जानकारी दिइएको छ।

शिक्षा क्षेत्रमा नगरपालिकाले कक्षा १० सम्म पूर्ण निःशुल्क शिक्षण व्यवस्था लागू गरेको छ। नगरभित्रका असहाय तथा टुहुरा बालबालिकाका लागि सरस्वती आवासीय विद्यालय, पत्थरबोझीमा आवासीय पठनपाठनको व्यवस्था मिलाइएको छ। कक्षा ८ र १० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै आएको छ। महिला शिक्षकलाई प्रोत्साहन स्वरूप सम्मान कार्यक्रम सञ्चालनमा रहेको छ भने विद्यालय प्रशासन सुधार, पारदर्शिता कायम गर्न अभिभावक भेला, र विद्यालय व्यवस्थापन समितिका क्षमता अभिवृद्धिका कार्यक्रमहरू समेत नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।

भौतिक पूर्वाधारको विकासमा समेत मधुवन नगरपालिका अग्रसर रहेको नगरप्रवक्ताले जानकारी दिनु भयाे । हालसम्म १९ किलोमिटर ग्राभेल सडक र १५ किलोमिटर पक्की सडक निर्माण कार्य सम्पन्न भइसकेको छ। विगतमा अधूरो रहेका तथा ठेकेदारको लापरवाहीका कारण सम्पन्न हुन नसकेका कुनै पनि योजनाका ठेक्का नबढाइने स्पष्ट नीति नगरपालिकाले लिएको छ। हालको योजनाअनुसार यस आर्थिक वर्षको अन्त्यसम्ममा मधुवन नगरपालिकालाई ग्राभेलयुक्त र कच्ची सडकमुक्त बनाउने लक्ष्य राखिएको छ।

नगरप्रवक्ता गरुगले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउँदै आगामी दिनमा विकास र समृद्धिको लक्ष्यमा नगर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गनुृ भयाे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार