मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि !
सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि !

Rato Pen 345+ समाचार ( )
२४ श्रावण २०८३, आइतबार

बर्दिया — १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट पक्राउ परेर बेपत्ता भएका बर्दियाको गेरुवा गाउँपालिका–६, साविक मनाउ गाविस–९ बाजपुर निवासी जगत प्रसाद थारूको २५ वर्षपछि कुशको शव बनाएर आज अन्तिम दाहसंस्कार गरिएको छ।
करिब २५ वर्ष बितिसक्दा पनि जगत प्रसाद थारूको अवस्था अझै अज्ञात रहेपछि परिवारले परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो।
परिवारका अनुसार २०५८ साल फागुन १३ गते बिहान करिब ७ बजे तत्कालीन शाही नेपाली सेनाले जगत प्रसाद थारूलाई सोधपुछका लागि भन्दै घरबाट नियन्त्रणमा लिएको थियो। सोही दिन बाजपुर गाउँकै तेजुराम थारू र निर्मल थारूलाई समेत सेनाले सँगै लगेको परिवारको भनाइ छ।
तीनै जनामध्ये तेजुराम थारूलाई पाँच दिन ठाकुरद्वारा ब्यारेकमा राखेर सोधपुछ गरिएको र त्यसपछि करिब २५ दिन गुलरिया ब्यारेकमा राखी रिहा गरिएको बताइएको छ। तर उनीसँगै पक्राउ परेका जगत प्रसाद थारू र निर्मल थारूको अवस्था भने त्यसयता सार्वजनिक हुन सकेको छैन।
पक्राउ परेको करिब २५ वर्ष बितिसक्दा पनि नेपाल सरकारले उनीहरू जीवित छन् वा मृत्यु भइसकेको हो भन्नेबारे कुनै आधिकारिक जानकारी नदिएको परिवारको गुनासो छ।
लामो समयसम्म राज्यबाट कुनै स्पष्ट जानकारी नआएपछि जगत प्रसाद थारूका छोरा युग बहादुर चौधरीले बुवाको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार