मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बैंक समस्याका कारण सामाजिक सुरक्षा भत्ता वितरण ढिलाइ, लाभग्राहीहरू प्रभावित
बैंक समस्याका कारण सामाजिक सुरक्षा भत्ता वितरण ढिलाइ, लाभग्राहीहरू प्रभावित

Rato Pen 368+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

होमेन्द्र थापा, बर्दिया

बर्दियाको गुलरिया नगरपालिका वडा नं. ३ का सामाजिक सुरक्षा लाभग्राहीहरू दोस्रो त्रैमासिक भत्ता नपाउँदा चिन्तित भएका छन्। कर्णाली विकास बैंकमा देखिएको समस्याका कारण लाभग्राहीहरूले भत्ता प्राप्त गर्न नसक्दा दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका छन्। भत्तामा निर्भर जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा लोपोन्मुख जातिका व्यक्तिहरू दैनिक आवश्यकतामा समस्या झेल्न बाध्य भएका छन्।

गुलरिया नगरपालिका वडा नं. ३ मधेशी समुदायको बाहुल्य भएको क्षेत्र हो, जसले भारतसँग सीमा जोडेको छ। यस वडामा कर्णाली विकास बैंकको सेवा अवरुद्ध हुँदा लाभग्राहीहरू प्रभावित भएका छन्। कतिपयलाई सामाजिक सुरक्षा भत्ता रोकिएको कारणबारे जानकारी समेत छैन। अरूको सहयोग बिना हिँडडुल गर्न नसक्ने लाभग्राहीहरू झनै मारमा परेका छन् भने कतिपय लाभग्राहीको त मृत्यु भइसकेको छ।

आनन्द नगर टोलकी स्थानीय दुलरिया गोडियाले आफ्नो वृद्ध, एकल महिला सासू बिरामी भएको र हिँडडुल गर्न असमर्थ भएकाले भत्ताका लागि प्रतीक्षा गरिरहेको बताइन्। कतिपय लाभग्राहीहरू राष्ट्रिय परिचयपत्रको अभाव, जानकारीको कमी तथा विदेशमा रहेकाले थप समस्यामा परेका छन्। स्थानीय चिन्तामणी कडेलले पहिलो त्रैमासिक (साउन–असोज) भत्ता बुझेको भए पनि दोस्रो त्रैमासिकको भत्ता हालसम्म नपाएको गुनासो गरे। उनले भत्ता समयमा नआउँदा दैनिक उपभोग्य वस्तुहरू किन्ने समस्या परेको बताए।

नेपाल सरकारले सामाजिक सुरक्षा ऐन २०७५ को दफा १७, उपदफा (३) अनुसार २०७७ सालदेखि अनिवार्य बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्दै आएको हो। गुलरिया नगरपालिका पञ्जिकरण शाखाका एम.आई.एस. अपरेटर सुभाष चौधरीका अनुसार वडा नं. ३ मा हाल सामाजिक सुरक्षा लाभग्राहीहरूको संख्या ४७५ पुगेको छ।

जीविकोपार्जनका लागि पूर्ण रूपमा सामाजिक सुरक्षाभत्तामा निर्भर लाभग्राहीहरूलाई तत्काल भत्ता उपलब्ध गराउन नगरपालिकाले विशेष पहल गर्नुपर्ने देखिन्छ। भत्ता रोकिँदा दैनिक जीवनयापन नै संकटमा पर्ने भएकाले सम्बन्धित निकायले छिटो समाधान निकाल्नुपर्ने लाभग्राहीहरूले माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार