मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

बारबर्दिया १ का ३८ घरधुरी पुर्णसरसफाई उन्मुख घोषणा
बारबर्दिया १ का ३८ घरधुरी पुर्णसरसफाई उन्मुख घोषणा

Rato Pen 344+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

बारबर्दिया, 

बारबर्दिया नगरपालिका वडा नम्बर १ का ३८ घरधुरीलाई पुर्ण सरसफाई उन्मुख घोषणा गरिएको छ । खानेपानी सरसफाई स्वच्छता सम्बन्धी ६ वटा सुचकहरुको सर्बेक्षण तथा अनुगमन गर्दा सुचकहरु पुरा गरेको पाईएकोले उक्त घरधुरीलाई पुर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो ।

सुनौला हजार दिनका आमा तथा महिलालाई लक्षित गरेर बिभिन्न चरणमा गरिएको कार्यक्रमलाई अनुगमन गर्दा सुचक पुरा गरेकाहरुलाई प्रमाणपत्र र सरसफाईका सामाग्रीहरु प्रदान गरी सम्मान गरिएको छ । वडा तथा समुदाय स्तरमा खानेपानी सरसफाई स्वच्छता सम्बन्धी ६ वटा सुचकहरुः चर्पीको गुणस्तर तथा प्रयोग, जोखिपूर्ण समयमा साबुन पानीले हात धुने अभ्यास, महिनावारी सरसफाई, खानेपानीको सुरक्षा, हात धुने स्थान, खानाका स्वच्छता एबं सुरक्षा, घर तथा आँगनको सरसफाईको अवस्थाको बारेमा घरधुरी सर्बेक्षण तथा अनुगमन गरिएको थियो । 

बारबर्दिया नगरपालिका वडा नं १ का वडाअध्यक्ष कैलासपति थारुले राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान ईन्टरनेशनल नेपालले बारबर्दिया नगरपालिकाको शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई स्वच्छता, बाल अधिकार, बाल संरक्षण लगायतका क्षेत्रमा राम्रो काम गरिहेको बताउनु भएको छ । सम्पूर्ण वडाबासी बिशेषगरी आमा समुहले आपनो घर परिवार, टोल, छिमेकमा खानेपानी सरसफाई स्वच्छता प्रवर्धन गर्नका लागि निरन्तर रुपमा सक्रियता जनाउनु पर्ने कुरामा जोड दिनुभएको छ । आगामी दिनमा वडा कार्यालयको तर्फबाट सम्पूर्ण सरोकारवालाहरु निकायहरुसंग आवश्यक सहकार्य, समन्वय तथा सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

कार्यक्रममा खानेपानी सरसफाई स्वच्छताको महत्व तथा औचित्यको बारेमा राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका परियोजना अधिकृत संजय चौधरी र नगरपालिकाका खानेपानी सरसफाई स्वच्छता सुपरिबेक्षक स्वस्तिका चौधरीले आफ्नो धारणा ब्यक्त गर्नुभएको छ । 

महिला स्वास्थ्य स्वंमसेबिका सबिता कुमारी थारुले राधाकृष्ण थारु जनसेवा केन्द्रले वडा तहमा साथै समुदाय स्तरमा खानेपानी सरसफाई स्वच्छता प्रवर्धन गर्नमा अग्रनीभूमिका निर्वाह गरेको बताउनु भएको छ । सरसफाई अभियानमा वडा कार्यालय, महिला स्वास्थ्य स्वंमसेबिका, आमा समुहको भुमिका एकदमै प्रभाबकारी रहेको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुको भनाई रहेको छ । वडा अध्यक्ष कैलासपति थारुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडासचिब सिताराम थारु र स्वागत मन्तब्य वडा सदस्य हरिप्रसाद थारुले गर्नुभएको छ । 

वडा नं १ कार्यालयको आयोजना, प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको साझेदारीमा संचालित सशक्त बालिका परियोजनाको सहयोगमा उक्त कार्यक्रम गरिएको छ । कार्यक्रममा वडा सदस्यहरुः, बारबर्दियाकी खानेपानी सरसफाई स्वच्छता सुपरिबेक्षक स्वस्तिका चौधरी, राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका परियोजना अधिकृत संजय चौधरी, अनुगमन मुल्याङ्कन अभिलेख अधिकृत जनक थापा, फिल्ड सुपरभाईजर बिनिता चौधरी, महिला स्वास्थ्य स्वंमसेबिकाहरु, बरघर, समाजसेवी, बुद्धिजिबी, नागरिक समाज, महिला समुह, आमा समुह लगायतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार