मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

किशोरकिशोरी स्वास्थ्य कार्यक्रमको पालिका तहको अभिमुखिकरण
किशोरकिशोरी स्वास्थ्य कार्यक्रमको पालिका तहको अभिमुखिकरण

Rato Pen 368+ समाचार ( )
४ जेठ २०८१, शुक्रबार

बारबर्दिया 

बारबर्दिया जयनगरमा किशोरकिशोरी स्वास्थ्य कार्यक्रमको पालिका तहको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बारबर्दिया नगरपालिका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रका ईन्चाज र अहेव अनमीहरुलाई अभिमूखिकरण गरिएको हो ।   

बारबर्दिया नगरपालिका नगरप्रमुख छबिलाल थारुको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ । 

कार्यक्रमको बारेमा सहजिकरण स्वास्थ्य कार्यालय बर्दियाकी रत्नाकुमारी श्रेष्ठले गर्नु भएको छ । उहाँले सहजीकरण गर्दै स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थामा किशोर किशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा विस्तार गर्ने, किशोर किशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा विस्तार भइसकेका स्वास्थ्य संस्थामा गुणस्तरका साथ निरन्तरता दिने बिषयमा छलफल गराउनु भएको छ । 

उक्त कार्यक्रम संचालन गरी किशोर स्वास्थ्य र विकास सम्बन्धि गुणस्तरीय जानकारीको उपलब्धता र पहुँच बढाउन र किशोरकिशोरी, सेवा प्रदायक र शिक्षकहरुको सम्बन्धित ज्ञान र सिपहरु निर्माण गर्ने अवसरहरु प्रदान गर्ने, किशोर स्वास्थ्य र परामर्श सेवाहरूको पहुँच र उपयोग वृद्धि गरिने छ । किशोरकिशोरीहरूको कानुनी, सामाजिक र आर्थिक स्थितिमा सुधार गर्न सुरक्षित र सहयोगी वातावरण सिर्जना गर्ने खालको स्वास्थ्य संस्था हुनु पर्ने बिषयमा जानकारी गराईएको छ । साथै किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९ बारे अभिमुखिकरण र कार्ययोजना तयारीको बिषयमा छलफल गरिएको छ ।  

बारबर्दियाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले स्वागत तथा कार्यक्रमबारेमा जानकारी गर्नु भएको छ । कार्यक्रमको संचालन स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक टीकाराम अधिकारीले गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार