मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

बारबर्दियामा ‘विपद्मा किशोरकिशोरी प्रजनन् स्वास्थ्य तथा युवाको भूमिका’ सम्बन्धी अभिमुखीकरण सम्पन्न
बारबर्दियामा ‘विपद्मा किशोरकिशोरी प्रजनन् स्वास्थ्य तथा युवाको भूमिका’ सम्बन्धी अभिमुखीकरण सम्पन्न

Rato Pen 344+ समाचार ( )
१ मंगशिर २०८२, मङ्गलबार

बारबर्दिया, २०८२ मंसिर २
बारबर्दियामा ‘विपद्मा किशोरकिशोरी प्रजनन् स्वास्थ्य तथा युवाको भूमिका’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बारबर्दिया नगरपालिकाको आयोजनामा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाद्वारा सञ्चालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत आयोजना गरिएको हो।

अभिमुखीकरणमा रेडक्रसकर्मी तथा सामाजिक अभियन्ता महेशचन्द्र गौतमले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका विषयमा विस्तृत जानकारी गराउनु भयो। उहाँले विपद्को समयमा किशोरकिशोरी प्रजनन् स्वास्थ्य तथा युवाको भूमिकाको महत्वबारे बलपूर्वक स्पष्ट गर्दै उत्थानशील समुदाय निर्माणका लागि सबैले विपद्मा सक्रिय रूपमा काम गर्नुपर्ने धारणा राख्नु भयो।
उहाँका अनुसार, विपद्मा गरिने कामले समुदायमा ‘म सुरक्षित छु’ भन्ने अनुभूति दिलाउने लक्ष्य राख्नुपर्छ।

गौतमले विपद्ले मानिसको मृत्यु, अंगभंग, धनसम्पत्ति नोक्सानी, तथा दैनिकी अस्तव्यस्त बनाउने जस्ता घटनाहरू निम्त्याउने भएकाले यसको न्यूनिकरण र व्यवस्थापन अनिवार्य रहेको बताउनु भयो। नेपाल विपद् जोखिममा उच्च दरमा पर्ने देश भएकाले नीतिगत व्यवस्था र कार्यान्वयन संयन्त्रलाई चुस्त–दुरुस्त बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

विपद्को बेला किशोरी, महिला तथा फरक क्षमता भएका व्यक्तिहरू धेरै प्रभावित हुने तथ्य उदाहरणसहित प्रस्तुत गर्दै उहाँले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा जोखिममा रहेका समूहलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भयो ।
युवाहरूलाई पनि प्राथमिक भूमिकामा राखेर विपद् सम्बन्धी योजना तथा कार्यान्वयन अघि बढाउनुपर्नेमा उहाँको जोड थियो। नेपाल सरकारले युवा नीति तयार गरिसकेको उल्लेख गर्दै, उक्त नीतिलाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गरी विपद् व्यवस्थापनमा युवाको सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको अभिमुखीकरणकर्ता गौतमले बताउनु भयो ।

कार्यक्रममा बारबर्दिया नगरप्रमुख छबिलाल थारुले नगरपालिका विपद् जोखिम न्यूनीकरणका लागि संवेदनशील रहेको बताउँदै, युवालाई विपद् व्यवस्थापन कार्यमा संलग्न गराउन स्थानीय सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो।

नगरप्रमुखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरू, बारबर्दिया नगरपालिकाका विषयगत शाखा प्रमुख तथा प्रतिनिधिहरू, युवा प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार