मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन
जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन

Rato Pen 366+ समाचार ( )
९ श्रावण २०८३, शनिबार

होमेन्द्र थापा, बर्दिया

बर्दियामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाको दिन पनि सेवा सञ्चालन गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै २०८३ साल साउन ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म शनिबार र आइतबारसमेत राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गर्ने जनाएको हो। कार्यालयका अनुसार सेवा हरेक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म नियमित रूपमा उपलब्ध हुनेछ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार जिल्लामा धान रोपाइँ सम्पन्न हुनु, कक्षा १२ को परीक्षा सकिनु तथा बैंकलगायत विभिन्न निकायले सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न थालेपछि सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको छ। बढ्दो भीडलाई व्यवस्थापन गर्दै सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र व्यवस्थित बनाउन सार्वजनिक बिदामा समेत सेवा सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई आवश्यक कागजातसहित तोकिएको समयमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म २६ हजार २ सय २६ जनाले राहदानी बनाएका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ७ हजार ८ सय ८४, आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ७ सय ९७ र आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ५ सय ४५ जनाले राहदानी बनाएका प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिनुभयो।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र र राहदानीजस्ता अत्यावश्यक नागरिक सेवामा बढ्दो मागलाई मध्यनजर गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार