मुख्य समाचार
बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न |

बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति
बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति

Rato Pen 347+ समाचार ( )
७ भाद्र २०८३, आइतबार

होमेन्द्र थापा, बर्दिया 

बर्दिया मुद्रण उद्योग संघको प्रथम साधारण सभाले सन्तोष भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

साधारण सभाबाट उपाध्यक्षमा सुनिता चौधरी, सचिवमा कृपालाल थारु, कोषाध्यक्षमा सुमन ओली र सहसचिवमा सिताराम थारु चयन हुनुभएको छ। समितिमा अन्य ६ जना सदस्यसमेत चयन भएका छन्।

शनिबार र आइतबार गरी दुई दिन सञ्चालन भएको साधारण सभामा प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै संगठनात्मक प्रशिक्षण र व्यवसायसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो। कार्यक्रममा मुद्रण व्यवसायमा नयाँ प्रविधिको प्रयोग, व्यवसाय विस्तार, आर्थिक समृद्धि तथा व्यावसायिक प्रतिस्पर्धाका विषयमा चर्चा गरिएको थियो।

नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य विनोद पौडेलले व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा नभई स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट व्यवसायलाई अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले बदलिँदो प्रविधिसँगै आफूलाई परिमार्जन गर्दै नयाँ प्रविधिको प्रयोग र विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो।

संघका संस्थापक अध्यक्ष बालकृष्ण वलीले व्यवसायीको हकहित र संस्थागत विकासका लागि संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाउनुपर्ने बताउनुभयो। उहाँले व्यवसायको सफलताको आधार आर्थिक समृद्धि भएको भन्दै त्यसका लागि विधि र प्रक्रियाको पालना आवश्यक रहेको उल्लेख गर्नुभयो।

बर्दियाका आठवटै स्थानीय तहमा सञ्चालनमा रहेका मुद्रण व्यवसायीलाई संगठित गर्दै आयोजित भेलामा संस्थाको विधान, मूल्यदर निर्धारण, लेभी संकलन तथा व्यवसाय विस्तारलगायतका विषयमा समेत छलफल गरिएको थियो।

बर्दियामा २०७१ सालदेखि मुद्रण व्यवसायीहरू क्रमशः संगठित हुँदै आएका छन्। आर्थिक वर्ष २०८२/८३ मा बर्दिया मुद्रण उद्योग संघ दर्ता भएको र जिल्लामा हाल करिब ३२ वटा मुद्रण उद्योग सञ्चालनमा रहेको संघका अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिनुभयो।

संघले आगामी दिनमा व्यवसायीको क्षमता अभिवृद्धि, आपसी सहकार्य, व्यवसाय संरक्षण तथा व्यावसायिक हितका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। बदलिँदो प्रविधि र बजार प्रतिस्पर्धालाई ध्यानमा राख्दै जिल्लाका मुद्रण उद्योगलाई स्थानीय तथा राष्ट्रिय स्तरमा गुणस्तरीय उत्पादन र सेवाका लागि सक्षम बनाउने संघको लक्ष्य रहेको अध्यक्ष भट्टराईले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार