मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न
राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न

Rato Pen 368+ समाचार ( )
२८ जेठ २०८३, बिहीबार

बर्दिया, बारबर्दिया नगरपालिका–७ सिउनियास्थित राजकुलामा सञ्चालन गरिएको अस्थायी तटबन्धन निर्माणसम्बन्धी ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। वर्षायाममा हुने बाढी तथा डुबानको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय समुदायका ५० जना नागरिक सहभागी भएका थिए।

समापन कार्यक्रममा बोल्दै बारबर्दिया नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष इन्द्रप्रसाद थारुले निर्धारित समयमै काम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी तथा सहयोगी सबै पक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यक्रम सञ्चालन हुने अपेक्षा व्यक्त गर्दै यस तटबन्धनले यस क्षेत्रका ४ सयभन्दा बढी घरपरिवारलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका विपद् सम्पर्क व्यक्ति राजकुमार थारुले निर्माण गरिएको तटबन्धनले सम्बन्धित क्षेत्रमा सम्भावित बाढी तथा कटानको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले सबै पक्षको मेहनत, लगनशीलता र समन्वयका कारण कार्यक्रम सफल भएको उल्लेख गर्दै सहयोगी निकायहरूप्रति आभार व्यक्त गर्नुभयो।

सहभागीहरूको तर्फबाट बरघर गीता चौधरीले विकास निर्माणसँगै रोजगारीको अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गर्दै स्थानीय समुदायका लागि निकै उपयोगी भएको बताउनुभयो।

कार्यक्रमअन्तर्गत सहभागीहरूलाई नेपाल सरकारले तोकेको न्यूनतम दैनिक ज्याला उपलब्ध गराइएको जनाइएको छ। स्थानीयवासीहरूले तटबन्ध निर्माणका लागि आवश्यक माटो, बाँस तथा कार्य सञ्चालनका लागि अनुकूल वातावरण उपलब्ध गराएर सहयोग गरेका थिए। वडा कार्यालय तथा नगरपालिकाले बोरा, प्लास्टिक, डोरी लगायतका सामग्रीको व्यवस्था गर्नुका साथै नियमित अनुगमन, सल्लाह र सुझावमार्फत सहयोग पुर्‍याएको थियो।

स्थानीयवासीहरूले प्रत्येक वर्ष वर्षायाममा राजकुला क्षेत्रमा आउने बाढी र डुबानबाट हुने क्षति न्यूनीकरणमा उक्त तटबन्धन प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। यसबाट स्थानीय भौतिक संरचना, कृषि क्षेत्र तथा जनधनको क्षति रोकथाममा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यान्वयन पक्ष, समन्वयकारी निकाय तथा सहयोगी संस्थाहरूले हालसम्मको प्रगति प्रभावकारी रहेको जनाउँदै निर्माण कार्यको गुणस्तर र परिणाम पनि सकारात्मक रहने अनुमान गरेका छन्। कार्यक्रम अवधिभर सरोकारवाला निकायहरूले निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्दै आएका थिए।

उक्त कार्यक्रम प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेको साझेदारीमा सञ्चालित “विपद् उत्थानशीलता अभिवृद्धिका लागि पूर्वानुमानमा आधारित पूर्वकार्य सवलीकरण परियोजना (प्रयास २)” अन्तर्गत बारबर्दिया नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको हो। परियोजनाका सुपरभाइजर भरत चौधरीका अनुसार यस कार्यक्रमले बाढी प्रभावित समुदायको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार