मुख्य समाचार
किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति |

बारबर्दियामा छैठौं मेयर कप फुटबल प्रतियोगिता सुरु
बारबर्दियामा छैठौं मेयर कप फुटबल प्रतियोगिता सुरु

Rato Pen 367+ समाचार ( )
२० कार्तिक २०८२, शुक्रबार

बारबर्दिया, कात्तिक २१ ।

बारबर्दिया नगरपालिकामा आजदेखि छैठौं मेयर कप फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगितामा नगरभित्रका २ संस्थागत र १४ सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ।

प्रत्येक विद्यालयबाट एक छात्र र एक छात्रा गरी बनेका ३२ टिमबीच प्रतिस्पर्धा सुरु भएको हो। प्रतियोगिता बारबर्दिया–७ स्थित जनता माध्यमिक विद्यालयको संयोजनमा सञ्चालन भइरहेको छ, जसमा छात्र र छात्रा दुवै समूहका खेल फरक–फरक तवरले भइरहेका छन्।

प्रतियोगितालाई समयमै सम्पन्न गर्नका लागि वडा नं. ७ मा रहेको पाच नम्बर मैदान, घुस्रा मैदान तथा वडा नं. ६ को धामपुर खेलमैदान गरी तीन वटा मैदान प्रयोग गरिएको जनाइएको छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार चौधरीले खेलकुदमा लगानी र प्रोत्साहन अभावका कारण पर्याप्त खेलाडी उत्पादन हुन नसकेको बताउँदै, राज्यले अब खेलकुदमा प्राथमिकता दिनु पर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले खेलकुदमा जितभन्दा पनि अनुशासनलाई बढी महत्व दिनुपर्ने बताउनुभयो। उहाँले विद्यालयहरूबीच प्रतिस्पर्धा हुँदा एउटा विद्यालय विजेता भए पनि सबै खेलाडीले खेलभावना र उत्कृष्ट प्रदर्शनमार्फत सफलता हासिल गर्ने अवसर पाउने उल्लेख गर्नुभयो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाई, खेलकुद विकास समिति बारबर्दियाका अध्यक्ष, वडा अध्यक्षहरू, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार