मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |
मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

वृक्षारोपण अभियानले वडाको रूप बदलिँदै
वृक्षारोपण अभियानले वडाको रूप बदलिँदै

Rato Pen 366+ समाचार ( )
४ असार २०८२, बिहीबार

होमेन्द्र थापा, बर्दिया
असार ४ गते

संगीत र हरियाली जीवनका त्यस्ता पक्ष हुन्, जसले सबैको मन छुन्छ। विशेषगरी गर्मीयाममा हरियाली र शीतल छायाँको अनुभव गर्नु जो–कोहीका लागि सुखद हुन्छ। बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं. ८ मा केही वर्षदेखि सञ्चालनमा रहेको वृक्षारोपण अभियानले आज त्यो कल्पनालाई यथार्थमा परिणत गरिदिएको छ। हराभरा र आकर्षक वातावरणले यस वडालाई मात्र होइन, यहाँ आउने जो–कोहीलाई लोभ्याइरहेको छ।

वडामा विगत केही वर्षदेखि निरन्तर रुपमा वृक्षारोपण कार्यक्रम सञ्चालन हुँदै आएको छ। प्रारम्भमा रोपिएका साना बिरुवाहरू अहिले हरियाली छायाँ दिने रूखमा परिणत भइसकेका छन्। हुलाकी मार्ग हुँदै वा गाउँभित्रका सडकमा यात्रा गर्दा हरियालीले स्वागत गरेको अनुभूति हुन्छ। कतिपय स्थानहरूमा त फोटो खिच्न मन लाग्ने गरी वातावरण परिवर्तन भएको छ। यसले वडाका बासिन्दालाई मात्र होइन, आगन्तुकहरूलाई पनि गाउँको सुन्दरता प्रति आकर्षित बनाएको छ।

वृक्षारोपण अभियानको मूल उद्देश्य वडालाई हरियाली बनाउने, वातावरण संरक्षण गर्ने र गाउँलाई पर्यटकीय दृष्टिकोणले समृद्ध बनाउने हो। वडा अध्यक्ष राजेश थारुको नेतृत्वमा सडक किनार, अर्नवा ताल क्षेत्र, स्वास्थ्य चौकी, वडा कार्यालय परिसर लगायत सार्वजनिक स्थानहरूमा योजनाबद्ध रूपमा विभिन्न जातका बिरुवा रोपिएको छ।

वडाले वृक्षारोपण कार्यक्रम व्यवस्थित बनाउन उपभोक्ता समिति गठन गरेको छ। साथै, स्थानीयवासीहरूले बिरुवा रोप्न रुचि देखाएपछि वन विभागमार्फत निःशुल्क बिरुवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। आवश्यकता अनुसार फलफूलका विरुवा समेत खरिद गरी वितरण गरिएको छ।

गत वर्ष करीब रु. १ लाख बराबरका बिरुवा रोपिएकोमा, यस वर्ष पनि त्यतिकै लगानीमा वृक्षारोपण गरिएको वडा अध्यक्षले जानकारी दिनुभयो। अघिल्ला जनप्रतिनिधिहरूले पनि वृक्षारोपणलाई प्राथमिकतामा राखेकाले यो अभियानलाई निरन्तरता दिइएको हो।

वडामा तरुवा, बन्जारीटारा, भोगपुर, कोहली, पुरैना, छोटकी भिम्मापुर, बैठकपुर, धोविनपुर, फत्यापुर, पहाडी पुरैना, ओस्तारपुर लगायतका गाउँहरू पर्छन्। करिब ५ हजारभन्दा बढी जनसंख्या रहेको यस वडाका सबै गाउँहरूमा वृक्षारोपण कार्यक्रम विस्तार गरिएको छ। अर्नवा ताल वरिपरि, वडा कार्यालय क्षेत्र, गाउँका सडक किनार तथा व्यक्तिगत घरआँगन र खेतबारीमा समेत वृक्षारोपण भइरहेको छ।

पछिल्लो वर्ष अशोक, गुलमोहर लगायत सजावटी रूखहरू रोपिएकोमा, यस वर्ष अम्बा, लिची, गुलमोहर जस्ता फलफूलका बिरुवा पनि रोपिएको छ। भोगपुरका हिरालाल चौधरीका अनुसार बिरुवाको नर्सरी र संरक्षण कार्य स्थानीयस्तरमै भइरहेको छ।

धोविनपुरका वरघर डागुलाल थारु भन्नुहुन्छ, “मैले आफ्नै घर वरिपरि आँप, कटहर, स्याउ र सुन्तलाका गरी १२–१५ वटा बिरुवा रोपेँ। म खान पाउँ या नपाउँ, तर नातिनातिनीहरूले ‘बाजेले रोपेको हो’ भनेर सम्झून् भन्ने सोचले रोपेँ।”

आजभन्दा केही वर्षअगाडिसम्म उजाड, सुख्खा र रुखविहीन देखिने गाउँहरू अब हरियाली, शीतल छायाँ र प्राकृतिक सौन्दर्यले भरिएका छन्। टाढासम्म खाली देखिने ठाउँहरू हरियालीले ढाकिँदै छन्।

यो अभियानले अन्य स्थानीयवासीलाई पनि प्रेरणा दिएको छ। ‘हरियाली बनाऔँ, वातावरण सफा राखौँ’ भन्ने सोचका साथ घर–घरमा वृक्षारोपणको प्रवृत्ति बढेको छ। यसले सामुदायिक सहभागिता र स्वामित्वको भावना समेत मजबुत बनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार