मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

नेपाल राष्ट्रिय नमुना मावि ढोढरीले न्यून शुल्कमा प्राविधिक शिक्षा दिने तयारी
नेपाल राष्ट्रिय नमुना मावि ढोढरीले न्यून शुल्कमा प्राविधिक शिक्षा दिने तयारी

Rato Pen 344+ समाचार ( )
१३ वैशाख २०८३, आइतबार

बर्दियाको मधुवन नगरपालिका–४ मा रहेको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय ढोढरीले न्यून शुल्कमा तीन वर्षे प्राविधिक शिक्षा सञ्चालन गर्ने भएको छ।

विद्यालयका प्रधानाध्यापक पूर्ण चन्द्र पोखरेलले शनिबार आयोजित अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी दिनुभयो।

उहाँका अनुसार शैक्षिक सत्र २०८३/०८४ मा प्राविधिक धारतर्फ सिभिल र इलेक्ट्रिकल विषयको तीन वर्षे कोर्सका लागि शुल्क ६० हजार रुपैयाँ तोकिएको छ।

उहाँले प्राविधिक शिक्षामा विद्यार्थी संख्या घट्दै गएको बताउनुभयो। पहिले ३९७ विद्यार्थी हुनुपर्नेमा हाल करिब ८० जना मात्र अध्ययनरत छन्। गत वर्ष १८८ कोटामा २० जना मात्र भर्ना भएका थिए।

उहाँका अनुसार जिल्लामा धेरै प्राविधिक शिक्षालय खुलेका कारण पनि विद्यार्थी संख्या घटेको हो। खर्च बढी लाग्ने भएकाले पनि विद्यार्थी आकर्षित हुन नसकेको उहाँको भनाइ छ।

“धेरै शिक्षालय खुलेपछि विद्यार्थी विभाजित भए। त्यसैले केही विद्यालय बन्दसमेत भए,” उहाँले भन्नुभयो, “तर हाम्रो विद्यालयमा कम विद्यार्थी भए पनि पढाइ सञ्चालन भइरहेको छ।”

मधुवन नगरपालिकाकी उपप्रमुख अनिता कुमारी चौधरीले प्राविधिक र नैतिक शिक्षा सँगै अघि बढाउने योजना रहेको तपाईंलाई बताउनुभयो। यसका लागि कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ।

नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको अभावका कारण विद्यार्थी घट्दै गएको बताउनुभयो।

“पूर्वाधार राम्रो भए पनि नतिजा कमजोर छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थाले विद्यार्थीलाई आकर्षित गर्न सक्दैन।”

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष हुमकला भुसालले गुणस्तरीय शिक्षा दिन विद्यालय प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो।

कार्यक्रममा स्थानीय बुद्धिजीवि शिक्षक  विद्यालय ब्यबस्थापन समितिका पदाधिकरी संचारकर्मीहरुको सहभागिता रहेको  थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार