मुख्य समाचार
कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन |

ठाकुरबाबा नगरपालिकाद्वारा सिभिसि बर्दिया सम्मानित
ठाकुरबाबा नगरपालिकाद्वारा सिभिसि बर्दिया सम्मानित

Rato Pen 305+ समाचार ( )
२८ फाल्गुन २०८१, बुधवार

ठाकुरबाबा नगरपालिकाले आफ्नो आठौं स्थापना दिवसको अवसरमा द्वन्द्व पीडित समिति (सिभिसि) बर्दियालाई सम्मान गरेको छ। २०८१ फागुन २७ गते आयोजित कार्यक्रममा सिभिसि बर्दियाका अध्यक्ष भागीराम चौधरीलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो। द्वन्द्व पीडित अभिलेख, सवाल पहिचान तथा सम्बोधनका लागि ठाकुरबाबा नगरपालिकाले अघि सारेको योजनाबद्ध कार्यलाई सफल बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।

ठाकुरबाबा नगरपालिकाले महिला शान्ति तथा सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव न. १३२५ र १८२० कार्यान्वयन गर्दै देशकै पहिलो नमुना नगरपालिका बन्न सफल भएको छ। द्वन्द्व पीडितहरूसँग सम्बन्धित विभिन्न मुद्दा पहिचान गरी नीतिगत निर्णयमार्फत योजनाबद्ध रूपमा सम्बोधन गर्ने कार्यलाई प्राथमिकता दिँदै आएको छ। यस क्रममा सिभिसि बर्दियाले नगरपालिकासँग सहकार्य गर्दै प्राविधिक सहयोग समेत प्रदान गर्दै आएको छ।

नगरपालिकाले द्वन्द्व पीडितहरू तथा नागरिकहरूको मानसिक स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउँदै आएको सिएमसि नेपाललाई समेत सम्मान गरेको छ। कार्यक्रममा सिएमसि नेपालका लुम्बिनी प्रदेश संयोजक हिमाल गैरेलाई सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो। सो अवसरमा नगरपालिकाको समग्र विकास र समृद्धिमा योगदान पुर्याएका विभिन्न व्यक्तित्व, कर्मचारी तथा संघ–संस्थालाई समेत सम्मान गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार