मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बर्दियाको नेपाल प्राज्ञिक आधारभूत विद्यालयलाई जिल्लाको पहिलो तीन तारे विद्यालय घोषणा
बर्दियाको नेपाल प्राज्ञिक आधारभूत विद्यालयलाई जिल्लाको पहिलो तीन तारे विद्यालय घोषणा

SizTex 42+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

बर्दिया

बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको नेपाल प्राज्ञिक आधारभूत विद्यालयलाई जिल्लाको पहिलो तीन तारे विद्यालयको रूपमा घोषणा गरिएको छ। विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छताका १० सूचकहरू पूरा गरेकाले उक्त विद्यालयलाई तीन तारे विद्यालयको रूपमा मान्यता प्रदान गरिएको हो।

विद्यालयमा आयोजित कार्यक्रममा पूर्व सिंचाई मन्त्री तथा संघीय सांसद संजयकुमार गौतमले विद्यालयलाई तीन तारे विद्यालयको रूपमा घोषणा गर्नुभएको छ। उहाँले विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ अनुसार सम्पूर्ण सूचकहरू पूरा गरी बर्दियाको पहिलो विद्यालय बन्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले यसको निरन्तरता आवश्यक रहेको बताउँदै, विद्यालयलाई तीन तारे विद्यालय बनाउन योगदान पुर्‍याउने सबै निकाय तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, जिल्लाका अन्य विद्यालयहरूलाई पनि तीन तारे विद्यालय बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले दिगो विकास लक्ष्य प्राप्त गर्न विद्यालयहरूले खानेपानी र सरसफाइको क्षेत्रमा काम गरिरहेको जानकारी गराउनुभयो। यस विद्यालयलाई पहिलो पटक तीन तारे विद्यालय घोषणा गरिएको भन्दै अन्य विद्यालयहरूलाई पनि क्रमशः घोषणा गर्दै जाने योजना रहेको बताउनुभयो। नगरपालिकाले विद्यालय वास कार्यविधिलाई स्थानीयकरण गरी कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो।

विद्यालयले तीन तारे विद्यालयको मान्यता प्राप्त गर्नुपर्ने मापदण्डहरूमा खानेपानी, शौचालय, स्वच्छ तथा हरियाली वातावरण, सरसफाइ सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपन, विपद् जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहिता समावेश छन्।

कार्यक्रममा सहभागी वक्ताहरूले विद्यालयमा हुने सरसफाइका कामहरूलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभएको छ। साथै, सरसफाइसँगै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न आवश्यक रहेको पनि बताउनुभयो।

बारबर्दिया नगरपालिका, सहयोगी संस्था युके एड (UK Aid) र वाटर एड (Water Aid) को सहयोगमा बेस बर्दिया, राष्ट्रिय अपाङ्ग महासंघ, र नेपाल प्रजनन स्याहार केन्द्रको संयुक्त प्रयासमा विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार