मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

मधुवनमा वन संरक्षण विषयक संवाद कार्यक्रम सम्पन्न
मधुवनमा वन संरक्षण विषयक संवाद कार्यक्रम सम्पन्न

Rato Pen 366+ समाचार ( )
१२ पौष २०८२, आइतबार

होमेन्द्र थापा, बर्दिया

बर्दियाको मधुवन नगरपालिकामा जनप्रतिनिधिहरूसँग वन संरक्षणसम्बन्धी संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। खाता समन्वय समितिको आयोजना, डिभिजन वन कार्यालय बर्दियाको समन्वय तथा मधुवन नगरपालिका र तराई भू–परिधि तथा संरक्षण कार्यक्रम नेपालगन्ज, बाँकेको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।

मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजय राज सुवेदीले वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन तथा राहत वितरण प्रक्रियाबारे सहजीकरण गर्नुभयो। उहाँले जनचेतना अभिवृद्धि, आनीबानीमा सुधार, धैर्य र सावधानी अपनाउने, बासस्थानको उचित व्यवस्थापन गर्ने तथा मानव बस्ती, खेतीपाती र वन क्षेत्रलाई पृथक राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा. अशोक कुमार रामले हात्ती र बाघको आनीबानी तथा वर्तमान व्यवहारबारे जानकारी गराउँदै पछिल्लो समय वन्यजन्तुहरूको चालचलन परिवर्तन हुँदै गएको उल्लेख गर्नुभयो। उनले यस विषयमा थप अध्ययन र अनुसन्धान आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा मधुवन नगरपालिका वडा नं. ४ का अध्यक्ष वलीराम चौधरीले संरक्षणका नाममा विपन्न वर्गभन्दा ठूला व्यवसायीहरूले बढी लाभ उठाएको गुनासो गर्दै आगामी दिनमा सचेत र प्रभावकारी संरक्षण गतिविधि अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा मधुवन नगरपालिकाका जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समिति तथा पत्रकारको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार