मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बर्दियाका विद्यार्थीद्वारा खिचिएको फोटो प्रर्दशनीमा
बर्दियाका विद्यार्थीद्वारा खिचिएको फोटो प्रर्दशनीमा

Rato Pen 366+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

बर्दिया, 

बर्दियाको गुलरिया १ मा रहेको नेपाल राष्ट्रिय शम्भुसरण माध्यमिक विद्यालयका विद्यार्थीहरुले महिनावारी स्वच्छता तथा खानेपानी सरसफाई सम्बन्धी खिचिएको फोटो आज प्रदर्शनी गरिएको छ । हानिकारक अभ्यासको रुपमा समुदायमा रहेको अवस्था तथा ब्यबहारलाई झल्काउनका लागि खिचिएको फोटो प्रर्दशन गरिएको हो । 

विद्यार्थीहरुलाई ६ दिने फोटोग्राफी सम्बन्धी तालिम प्रदान गरेर १५ दिन सम्म आफ्नो समुदायमै फोटो खिच्न लगाईएको थियो । विद्यार्थीले खिचेको फोटोलाई प्रर्दशनीमा राखेर सरोकारवाला, स्थानीय पालिका, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुलाई अवलोकन गराई अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

विद्यालय तथा समुदायमा छुवाछुत, भेदभाव र महिनावारी स्वच्छता सम्बन्धी हानिकारक अभ्यासहरु कायम रहेको कथा झल्कने फोटो प्रर्दशनीमा राखिएको छ । फोटो अवलोकन गर्दै गुलरिया नगरपालिकाकी नगरउपप्रमुख सावित्रा गौतमले समुदायको यर्थाथ कथा बोेकेका फोटो प्रदर्शनीमा राखिएको बताउनु भएको छ । यसले विद्यालय तथा समुदाय स्तरमा सचेतनाका कार्यक्रमहरुको आवश्यकता झल्काएको बताउनु भएको छ । उहाँले आगामी आर्थिक बर्षबाट नीति तथा कार्यक्रम बनाई बजेटको ब्यबस्था गर्न पालिका सकारात्मक रहेको बताउनु भएको छ । 

प्रदर्शनी कार्यक्रममा नगरपालिकाका, शिक्षक, स्वास्थ्यकर्मी र सहभागि बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रममा विद्यालयमा प्याडको ब्यबस्थापन, शौचालयको आवस्था, बिद्यालयले स्वच्छता सम्बन्धी गरेका कामको बिषय छलफल गरिएको छ । विद्यार्थीहरुले सरसफाईका लागि आफ्नो विद्यालयमा गुणस्तरीय स्यानेटरी प्याड, प्याड ब्यबस्थापन, सुरक्षित र गोपनीय आराम कक्ष, हात धुने तथा सुद्धखानेपानीको ब्यबस्था हुनु पर्ने माग गर्नु भएको छ । विद्यालयमा स्वास्थ्यकर्मी वा फोकल पर्सन शिक्षकलाई स्वास्थ्य सम्बन्धी आवश्यक तालिमको ब्यबस्था हुनु पर्ने बताउनु भएको छ । छलफल कार्यक्रमको सहजिकरण सामाजिक अभियन्ता बालिका चौधरीले गर्नु भएको छ । 

कार्यक्रमको बारेमा जानकारी वाटर एड नेपालकी मञ्जु भट्टले गराउनु भएको थियो । समुदायमा रहेको समस्यालाई ब्यबहार परिवर्तन गरेर समाधान गर्नमा सहयोग पुर्याउनका लागि विद्यार्थीहरुलाई फोटो प्रदर्शनी गरेको बताउनु भएको छ । कार्यक्रमलाई स्वागत गर्दै नेपाल राष्ट्रिय शम्भुसरण माध्यमिक विद्यालय गुलरियाका प्रधानाध्यापक सुनिलकुमार यादबले विद्यार्थीद्वारा स्वाच्छता सम्बन्धी खिचिएको फोटो समुदायमा समारात्मक सन्देश प्रवाह गर्ने विश्वास गर्नु भएको छ ।  

बर्दियाका बारबर्दिया, गुलरिया, ठाकुरबाबा, मधुवन नगरपालिका र गेरुवा गाँउपालिकाको समन्वयमा बेस बर्दिया, वाटर एड, राष्ट्रिय अपाङ्ग महासंघ र एन.एफ.सि.सि.को साझेदारीमा संचालित वास गेन परियोजनामा संचालित रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार