मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |
मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |


लेटाङका स्वास्थ्य सँस्थाहरुको अनुगमन, मापदण्ड पुरा नगरे कडा कारवाहीको चेतावनी

Rato Pen 1+ समाचार ( )
५ अशोज २०८०, शुक्रबार

लेटाङ । लेटाङ नगरपालिकाले नगरमा रहेका स्वास्थ्य संस्थाहरुको अनुगमन सुरु गरेको छ । नगरपालिकाका स्वास्थ्य संस्थामा उपचार गराएकाहरुले ज्यान नै गुमाउने अवस्था आएपछि नगरपालिकाले जिल्ला स्तरीय टोलीलाई  बोलाएर अनुगमन सुरु गरेको हो । आज नगर उपप्रमुख कृष्णकुमारी निरौलासहित जिल्लास्थित विभिन्न कार्यालयका प्रतिनिधि तथा विज्ञहरुको टोलीले लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ स्थित ठूला स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको हो । नगर उपप्रमुखसहित जिल्ला स्वास्थ्य कार्यालय मोरङ, औषधी ब्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधीसहितको टोलीले लेटाङ बजारमा रहेका करिव एक दर्जन स्वास्थ्य संस्थाको अनुगमन गरेको हो । 

टोलिले लेटाङ ३ मा रहेको दीर्घायु फार्मेसी, हांखिम मेडिकल हल, लेटाङ औषधालय तथा डेन्टल क्लिनिक,  शुभकामना हेल्थ केयर सेन्टर तथा नेवा फार्मेसी, आखाँ तथा कान उपचार केन्द्र लेटाङ, विनु मेडिकल हल, आरविएस स्वास्थ्य क्लिनिक, लेटाङ डेन्टल क्लीनिक, लेटाङ ल्याव क्लीनीक तथा अमुल मेडिकल हल, पाथिभरा क्लीनिक तथा जनप्रीय मेडिकल हलको अनुगमन गरेको हो । 

लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले अनुगमनका क्रममा अघिल्लो पटक दिइएका निर्देशन केहीले कार्यान्वयन गरेको तथा केहीले नगरेको पाइएको भन्दै अधिकांश स्वास्थ्य संस्थाहरुले कागजात अद्यावधिक नगरेको पाईएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य संस्थाहरुलाई १५ दिन भित्रमा सबै कागजपत्र अद्यावधिक गर्नुका साथै मापदण्ड कायम गर्न निर्देशन दिइएको पनि जानकारी दिनुभयो । स्वास्थ्य संस्थाहरुले १५ दिन भित्रमा कागजपत्र अद्यावधिक गर्नुका साथै मापदण्ड पालना नगरेको पाइएमा अनुगमन टोली कडा कदम चाल्न बाध्य हुने उहाँले बताउनुभयो । यसैगरि अधिकांश स्वास्थ्य संस्थामा संचालित ल्यावहरु ब्यवस्थित नरहेको पाइएको छ । यसरी व्यवस्थित ल्याव नरहेको देखिएका स्वास्थ्य संस्थाहरुलाई तत्काल व्यवस्थित गर्न निर्देशन दिइएको छ ।  

अनुगमनका क्रममा दीर्घायु मेडिकल हल र शुभकामना हेल्थ केयर सेन्टरमा फार्मेसी संचालनका लागि आधिकारिक ब्यक्ति नभएको पाइएकाले सच्याउन निर्देशन दिइएको छ । यसैगरि फार्मेसीहरुले खाद्य बस्तु अन्तरगत पर्ने फुड सप्लिमेन्ट राखेको पाइएकाले जफत गरिएको छ । 

यता केहि दिनदेखि विवादमा तानिएको बंगालीको मेडिकल भनेर चिनिने लेटाङ ३ स्थित जनप्रीय मेडिकल हलको भने सवै कागजपत्र अद्यावधिक भएको पाईएको छ । यसै क्लिनिकमा उपचार गराएकी स्थानीय विनिता तामाङको अन्यत्र रेफर गरिएको भोलिपल्ट मृत्यु भएपछि स्थानीयवासीको आन्दोलनका कारण यो क्लिनिक भने बन्द अवस्थामा छ । क्लिनिक बन्द भएपनि सञ्चालकसँग कागजपत्र मगाएर अनुगमन गरिएको थियो । मृतकका आफन्त तथा स्थानीयले सो क्लिनिकका सञ्चालकलाई कारवाहीको माग गर्दै आएका छन् । 

यसैगरि प्रशान्त मेडिकल हल तथा आयुस डेन्टल  क्लीनिक बन्द गरिएको अवस्थामा फेला परेकाले अनुगमनकै समयमा बन्द हुनुको कारणसहित उपस्थित हुनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले पत्र लेख्ने बताईएको छ । 

अनुगमन टोलीमा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्षहरु, स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत अनिल कुमार देव, औषधी ब्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत अनिल परियार, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी पर्मेश्वर भट्टराई , पत्रकार महासंघ मोरङका सहसचिव प्रशान्त निरौला, ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख भीम ओली लगायतको सहभागिता रहेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार