मुख्य समाचार
कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन |

बारबर्दियामा एनिमिया तथा सिकल सेल रोगसम्बन्धी कार्यशाला सम्पन्न
बारबर्दियामा एनिमिया तथा सिकल सेल रोगसम्बन्धी कार्यशाला सम्पन्न

Rato Pen 305+ समाचार ( )
२६ माघ २०८२, सोमबार

बारबर्दिया नगरपालिकामा “एनिमिया र सिकल सेल रोग: क्लिनिकल परीक्षणदेखि सामुदायिक अन्तर्दृष्टिसम्म” शीर्षकको कार्यशाला सम्पन्न भएको छ। कार्यशालाको आयोजना बारबर्दिया नगरपालिका, बारबर्दिया नगर अस्पताल, धुलिखेल अस्पताल, GEI तथा ग्लोबल इन्भाइरोटेक इनिसिएटिभ एशियाको सहकार्यमा गरिएको हो।

कार्यशालामा एनिमिया र सिकल सेल रक्तअल्पताको अवधारणा, कारण, वर्गीकरण, रोकथाम, उपचार तथा यसको सार्वजनिक स्वास्थ्य प्रभावबारे विस्तृत छलफल गरिएको थियो। डक्टरहरुले रक्तअल्पता मुख्यतः रगतको हानि, रगत उत्पादनमा कमी र रक्तकोषहरूको अत्यधिक विनाशका कारण हुने भन्दै नर्मोसाइटिक, माइक्रोसाइटिक र म्याक्रोसाइटिक एनिमियाबारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा एनिमिया नियन्त्रणका लागि आइरन र फोलिक एसिड (IFA) पूरक सेवन, हरेक ६ महिनामा जुकाको औषधि, फलामयुक्त स्थानीय आहार (पालुङ्गो, तोरीको पात, सिमी, मासु, माछा), सुरक्षित पिउने पानी, सरसफाइ तथा महिला स्वास्थ्य स्वयंसेविकामार्फत व्यवहार परिवर्तन सञ्चार (BCC) को महत्व औँल्याइएको थियो। गर्भवती महिलाका लागि प्रसवपूर्व हेरचाह प्याकेज तथा राष्ट्रिय फलाम गहनता कार्यक्रम प्रभावकारी हुने निष्कर्ष निकालिएको छ।

नेपालको सन्दर्भ प्रस्तुत गर्दै १५–४९ वर्ष उमेर समूहका करिब ३९ प्रतिशत महिला, ६–५९ महिनाका ४९ प्रतिशत बालबालिका र करिब ४६ प्रतिशत गर्भवती महिला एनिमियाबाट प्रभावित रहेको तथ्यांक प्रस्तुत गरिएको थियो। विशेषगरी बर्दिया जिल्लामा थारु महिला तथा किशोरीहरूमा एनिमियाको उच्च प्रचलन रहेको र यसको कारण आहार अभ्यास, हुकवर्म संक्रमण तथा पूरक औषधि सेवनको कमी रहेको बताइएको छ।

कार्यशालामा सिकल सेल रोगको उपचारका चरणहरू—फोलिक एसिड सेवन, हाइड्रोक्स्युरिया प्रयोग, दुखाइ नियन्त्रण, आवश्यक परेमा रक्तक्षेपण, खोप, आनुवंशिक परामर्श र आत्म–हेरचाहबारे समेत जानकारी दिइयो। साथै, किशोरकिशोरी र गर्भवती महिलामा रोगप्रति उच्च डर र गलत धारणाहरू रहेको, औपचारिक परामर्शभन्दा कथन र अनुभवले बढी डर सिर्जना गर्ने निष्कर्ष प्रस्तुत गरिएको थियो।

बारबर्दिया नगर अस्पतालमा प्रयोग गरिएका स्वास्थ्य उपकरण तथा प्रणालीहरूको मूल्याङ्कन गर्दा स्वास्थ्यकर्मीहरूले उच्च सन्तुष्टि व्यक्त गरे पनि प्रयोगयोग्यता र इन्टरफेस सुधार आवश्यक रहेको देखिएको छ। औसत SUS स्कोर करिब ६५ रहेको भन्दै उपकरण प्रयोगयोग्य भए पनि थप सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

कार्यशालामा एनिमिया र सिकल सेल रोग नियन्त्रणका लागि निःशुल्क परीक्षण तथा औषधि, गाउँस्तरमा नियमित कार्यक्रम र डाक्टरको नेतृत्वमा चेतनामूलक अभियान आवश्यक रहेको जोड दिइएको छ। 

उक्त कार्यक्रम अन्तरगत १२० जना महिला स्वास्थ्य स्वयमसेविकालाइ अभिमुखीकरण गरीएकाे छ । कार्यक्रमको सहजिकरण उक्त कार्यक्रमका संयोजक भाष्कर सापकोटा, डाक्टर माधव पन्त र नगरअस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तिर्थ पौडेलले गर्नु भएको थियो । उक्त परियाेजना संचालनका लागि परिक्षण गरीएकाे छ । यस कार्यक्रमको कृयाकलाप अव संचालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, समाजिक विकास समितिका स‌ंयोजक श्यामकुमारी चौधरी, स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । एकपटकका कार्यक्रमभन्दा दीर्घकालीन र निरन्तर पहल प्रभावकारी हुने सहभागीहरूको निष्कर्ष रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार