मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

पत्थरबोझीमा नागरिक संवाद कार्यक्रम सम्पन्न, जनगुनासो र सुझाव संकलन
पत्थरबोझीमा नागरिक संवाद कार्यक्रम सम्पन्न, जनगुनासो र सुझाव संकलन

Rato Pen 368+ समाचार ( )
७ असार २०८२, आइतबार

मधुवन नगरपालिका–१, पत्थरबोझीमा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ। नगर प्रवक्ता संग मिडिया कार्यक्रमअन्तर्गत स्थानीय सरकार र नागरिकबीचको सहकार्यलाई मजबुत पार्न संवाद कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमको उद्देश्य नगरपालिकाले गरिरहेका काम जनसमक्ष पुर्‍याउने र नागरिकका अपेक्षा, गुनासा तथा सुझावलाई नीति, कार्यक्रम र बजेटमा समावेश गर्न सहयोग पुर्‍याउनु रहेको आयोजकले बताएका छन्।

नगरप्रवक्ता मेकबहादुर गुरुङले नागरिकलाई आफ्ना गुनासा, समस्या र योजनाबारे खुलस्त बोल्न आग्रह गर्दै पालिकाको नजर पुग्न नसकेका विषयहरूलाई निडर भएर राख्न अनुरोध गरे। साथै, जनताबाट आएका सुझाब तथा योजनालाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे। उहाँले पत्थरबोझी क्षेत्र जंगली जनावरको समस्या बाट अत्यन्त पीडित भएको भन्दै समाधानका लागि पहल गरिने जनाएका छन्।

यसैगरी वडा नं. १ का अध्यक्ष मिनबहादुर थापाले वडाको समग्र विकासमा आफू निरन्तर क्रियाशील रहेको बताउँदै जनताको अत्यावश्यक मागलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए। उहाँले वडाबासीहरूलाई आफ्ना माग र सुझाव वडामा प्रस्तुत गर्न आह्वान गरे।

मधुवन नगरपालिकाको आयोजनामा सञ्चालित कार्यक्रम रामज्ञानु एफएम ८९ मेगाहर्जको सहकार्यमा सम्पन्न भएको हो। यस्ता संवाद कार्यक्रमहरू अन्य वडाहरूमा पनि सञ्चालन गरिने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार