मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

धान रोपाइपछि थारु समुदायमा ‘हर्ढावा’ पर्वको रौनक
धान रोपाइपछि थारु समुदायमा ‘हर्ढावा’ पर्वको रौनक

Rato Pen 366+ समाचार ( )
२७ असार २०८२, शनिबार

 बर्दिया —

धान रोपाइको मुख्य सिजन सकिएसँगै थारु समुदायमा परम्परागत ‘हर्ढावा’ पर्वको रौनक सुरु भएको छ। कृषि कार्यपछि विश्राम र उत्सवका रूपमा मनाइने हर्ढावा पर्व थारु समुदायको मौलिक परम्परा हो, जसलाई ‘धान रोपाइ सकेपछि मनाइने उत्सव’ भनेर बुझिन्छ।

हर्ढावा मनाउने कुनै निश्चित तिथि हुँदैन। जब कुनै गाउँ वा समुदायका सबै परिवारले धान रोपाइको काम सम्पन्न गर्छन्, त्यसपछि स्थानीय अगुवा तथा बरघरले कचहरी (बैठक) बोलाई मिति तय गर्छन्। बैठकमा सबैको सहमतिमा हर्ढावा मनाउने मिति निर्धारण भएपछि तयारी सुरु हुन्छ।

पर्वको तयारीस्वरूप महिलाहरू सालको पात टिप्न जंगल जान्छन्। छोरी–चेली, आफन्तजनलाई निमन्त्रणा गरिन्छ। हर्ढावाको दिन घरघरमा परिकार तयार गरिन्छ। बंगुर काटेर वा माछा मासुसहित परम्परागत थारु भोजन तयार पारिन्छ। विभिन्न स्थानबाट आएका आफन्त र छोरी–चेलीको सहभागितामा सामूहिक रूपमा बसेर भोजन गरिन्छ। सबै मिलेर रमाइलो गरिन्छ र रोपाइँका दौरानमा भोगिएको दुःख बिर्सेर स्नेह–सद्भाव साटासाट गरिन्छ।

पोषणका दृष्टिकोणले पनि हर्ढावा पर्व उपयोगी मानिन्छ। थारु समुदायमा रोपाइँको समयमा दिन–रात नभनी हिलोमा काम गर्नुपर्दछ, जसले शरीरलाई थकित बनाउँछ। यस्तो अवस्थामा हर्ढावाका अवसरमा पोषणयुक्त भोजनले शरीरलाई पुनः ऊर्जाशील बनाउने विश्वास गरिन्छ।

बारबर्दिया नगरपालिका–१, जोधिपुरका शिवराज थारुका अनुसार ‘हर्ढावा’ शब्दको उत्पत्ति पनि यिनै कृषिका क्रियाकलापसँग सम्बन्धित छ। उहाँका अनुसार रोपाइँको अन्तिम दिन हिलोमा खेल्ने, हलो, गोरु तथा जोताइका सामाग्री धुने चलन रहेको छ। थारु भाषामा ‘हलो धुने’ प्रक्रिया वा रोपाइँ सकेको अवस्थालाई ‘हर्ढावा’ भनिन्छ। "हर्ढावा" शब्द आफैंमा ‘सकेको’ भन्ने अर्थ दिन्छ।

जग्गु थारुका अनुसार हर्ढावा पर्व थारु समुदायको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो। उहाँ भन्नुहुन्छ, “धान रोपाइँ सबैभन्दा ठूलो काम हो। त्यो सकेपछि आफन्त, छोरी–चेली बोलाएर दुःख–सुख साटासाट गर्दै मिलेर खानु सामाजिक एकता र सद्भावको प्रतीक हो।”

थारु समुदायमा परम्परागत रूपमा संयुक्त परिवारको चलन रहे पनि पछिल्लो समय एकल परिवारतर्फको झुकाव बढ्दै गएको छ। तर पनि हर्ढावा पर्वको अभ्यास भने कायमै रहेको पाइन्छ। स्थानअनुसार यस पर्वलाई ‘हरढुवा’, ‘हरढावाँ’ आदि नामले चिनिने गरे पनि यसको सार एउटै छ—खेतीपाती सकिएको खुसी साटासाट गर्ने सामूहिक उत्सव।

यो पर्व थारु समुदायको मौलिक परम्परा मात्र होइन, सामाजिक एकता, मेलमिलाप र सास्कृतिक पहिचानको परिचायक पर्व पनि हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार