मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

गुलरियामा भोलिदेखि कृषि, पर्यटन, उद्योग–व्यापार तथा वृहत सांस्कृतिक महोत्सव सुरु हुँदै
गुलरियामा भोलिदेखि कृषि, पर्यटन, उद्योग–व्यापार तथा वृहत सांस्कृतिक महोत्सव सुरु हुँदै

Rato Pen 368+ समाचार ( )
२५ माघ २०८२, आइतबार

होमेन्द्र थापा, गुलरिया

बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा भोलिदेखि कृषि, पर्यटन, उद्योग–व्यापार तथा वृहत सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ। “कृषि, पर्यटन, उद्योग–व्यापार तथा सांस्कृतिक पहिचान सहित शिव शक्ति बुढानिलकण्ठ गुलरिया हाम्रो अभियान” भन्ने मूल नाराका साथ माघ २६ गतेदेखि महोत्सव सुरु गरिने जानकारी आयोजकले पत्रकार भेटघाटमार्फत दिएका हुन्।

गुलरिया नगरपालिका वडा नम्बर ३ र ४ को सिमानामा पर्ने कैलाशनगर क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको शिव शक्ति बुढानिलकण्ठ मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक कृष्णसार जनचेतना युवा स्पोट्र्स क्लबले जनाएको छ। क्लबका अध्यक्ष सिद्धान्त खनालका अनुसार मन्दिर निर्माणलाई निरन्तरता दिन स्थानीय स्तरमै कृषि, पर्यटन, उद्योग र सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो। यस कार्यमा कृष्णसार जनचेतना युवा स्पोट्र्स क्लब र अन्य सरोकारवाला निकायबीच सहकार्य गरिएको उहाँले बताउनुभयो।

महोत्सव सञ्चालन समितिका संयोजक राजु भण्डारीले महोत्सवमा करिब एक सय वटा स्टल रहने जानकारी दिनुभयो। ती स्टलहरूमा कृषि उत्पादन, स्थानीय तथा राष्ट्रिय उद्योगका सामग्री, पर्यटन प्रवद्र्धनसँग सम्बन्धित सामग्री र हस्तकलाका वस्तुहरू राखिनेछन्। साथै, स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै किसान, साना उद्यमी र व्यवसायीलाई आफ्नो उत्पादन प्रदर्शन तथा बिक्री गर्ने अवसर प्रदान गरिने भण्डारीको भनाइ छ।

सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै महोत्सव अवलोकनका लागि असहाय, अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। त्यसैगरी विद्यार्थी तथा जेन–जी समूहलाई लक्षित गर्दै टिकट शुल्कमा २० प्रतिशत छुटको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। महोत्सव सञ्चालनबाट बचत हुने सम्पूर्ण रकम शिव शक्ति बुढानिलकण्ठ मन्दिर निर्माणमा खर्च गरिने समेत भण्डारीले स्पष्ट पार्नुभयो।

गुलरिया बसपार्क नजिकै आयोजना हुने महोत्सवको तयारी करिब–करिब पूरा भइसकेको आयोजकले बताएका छन्। माघ २६ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। महोत्सवले गुलरियाको सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

उक्त महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न स्थानीय संघ–संस्था, बुद्धिजीवी, व्यवसायी तथा सर्वसाधारणलाई सक्रिय सहयोग गरिदिन आयोजकले अनुरोध गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार