मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान बारबर्दियामा शुभारम्भ
नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान बारबर्दियामा शुभारम्भ

Rato Pen 368+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

बारबर्दिया, नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान बारबर्दियाको नगर अस्पतालमा शुभारम्भ भएको छ। "समयमै नसर्ने रोगको जाँच गराऔं, स्वास्थ्य र दीर्घ जीवन बाँचौं" भन्ने नाराका साथ फागुन महिना भरि देशव्यापी अभियान संचालन गरिएको छ।

यस अभियान अन्तर्गत मधुमेह जाँच, मिर्गौला सम्बन्धी रोगको जाँच, रक्तचाप मापन, उचाइ र तौलको आधारमा बी.एम.आई. मापन जस्ता परीक्षण गरिनेछ। बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले सम्पूर्ण नगरवासीलाई अनिवार्य रूपमा आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउन अनुरोध गर्नुभएको छ। विशेष गरी ३० वर्ष उमेर पूरा गरेका सबै व्यक्तिहरूले चेकजाँच गराई आफ्नो स्वास्थ्य अवस्थाको पहिचान गर्न आग्रह गरिएको छ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले नगर अस्पतालमा शुभारम्भ गरिएको यो एक महिने अभियान पालिकाका १ देखि ११ सम्मका वडामा रहेका सम्पूर्ण स्वास्थ्य संस्थाबाट संचालन गरिने जानकारी दिनुभयो। साथै, अस्पतालमा सेवा लिन आएका सम्पूर्ण बिरामी तथा सहभागीहरूलाई यस अभियानबारे समुदायमा जानकारी गराउन आग्रह गर्नुभएको छ। समुदायमा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यका साथ नसर्ने रोगहरूको पहिचान तथा रोकथामका लागि अभियान संचालन गरिएको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार