मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

भूमि समस्या समाधानका लागि गेरुवामा सरोकारवालाबीच छलफल
भूमि समस्या समाधानका लागि गेरुवामा सरोकारवालाबीच छलफल

Rato Pen 366+ समाचार ( )
५ जेठ २०८२, सोमबार

होमेन्द्र थापा,

बर्दिया — भूमि समस्या समाधानका सन्दर्भमा गेरुवा गाउँपालिकामा आइतबार स्थानीय तहका सरोकारवालाबीच एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ। भूमि समस्या समाधान आयोग र गेरुवा गाउँपालिकाका प्रतिनिधिहरूको सहभागितामा आयोजित छलफलमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनसम्बन्धी प्रगति, चुनौती र आगामी योजनामाथि विस्तृत रुपमा छलफल गरिएको थियो।

छलफलको उद्देश्य कामको वर्तमान अवस्था, देखिएका समस्या तथा समाधानका उपायबारे जानकारी आदान–प्रदान गर्नु रहेको भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य रामकृष्ण चौधरीले जानकारी दिनुभयो।

गाउँपालिकाको सभा हलमा आयोजित छलफलमा भूमि इकाई प्रमुख उमेश कुमार चौधरीले हालसम्मको कार्य प्रगतिबारे विवरण प्रस्तुत गर्नुभयो। सहभागी पीडित समुदायले अझै पनि जग्गा नापजाँच प्रक्रिया अघि नबढेको भन्दै गुनासो गरेका थिए।

लामो छलफलपछि गेरुवा गाउँपालिका–६ अन्तर्गत सोना फाटा, गुप्तिपुर र लाहोरपुर क्षेत्रमा नापजाँच र नक्सा निर्माण प्रक्रिया यथाशक्य चाँडो अघि बढाउन सरोकारवालाहरूले जोड दिएका छन्।

जिल्ला समिति अध्यक्ष अरुण प्रकाश सिंह राठौरले भूमि समस्या सम्पूर्ण राष्ट्रको साझा चुनौती भएको उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई गम्भीरताका साथ जुट्न आग्रह गर्नुभयो। उहाँले भूमिहीन तथा सुकुम्बासी समस्याको समाधान विना समृद्ध नेपालको परिकल्पना अधुरो रहने स्पष्ट गर्नुभयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, वडाध्यक्षहरू, जनप्रतिनिधि, सहजीकरण समिति सदस्य, नापी टोली प्रमुख, भूमि शाखा प्रमुख, सर्भेक्षक, अमिन, भूमि अधिकारकर्मी, पत्रकार तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। करिब दुई घण्टा चलेको छलफल तथा अन्तरक्रियाले भूमि व्यवस्थापनसम्बन्धी समस्याको समाधानतर्फ सकारात्मक दिशा तय गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार