मुख्य समाचार
कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन |

कुमराघाटमा झोलुङ्गे पुल निर्माणका लागि प्रारम्भिक सर्वे
कुमराघाटमा झोलुङ्गे पुल निर्माणका लागि प्रारम्भिक सर्वे

Rato Pen 305+ समाचार ( )
१२ श्रावण २०८२, सोमबार

 बर्दिया

बारबर्दिया नगरपालिका वडा नं. २ र मधुवन नगरपालिका वडा नं. ४ लाई जोड्ने कुमराघाटमा झोलुङ्गे पुल निर्माणको तयारी स्वरूप प्रारम्भिक सर्वेक्षण सम्पन्न गरिएको छ।

बारबर्दिया नगर प्रमुख छविलाल थारुको पहलमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुल्चोक, ललितपुरबाट आएको प्राविधिक टोलीको साथमा नगर प्रमुख, बारबर्दिया–२ का वडा अध्यक्ष रामफेरन थारु, वडा नं. ६ का झगबहादुर वली क्षेत्री, मधुवन नगरपालिकाका प्रवक्ता मेघबहादुर गुरुङ, वडा नं. ४ का अध्यक्ष बलिराम चौधरी, नगरसभा सदस्यहरू तथा स्थानीय बुद्धिजीवी, समाजसेवीहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा उपस्थित टोलीले पुल निर्माणको सम्भाव्यता, भौगोलिक अवस्था र आवश्यक पूर्वाधारको प्रारम्भिक अध्ययन गरेको थियो। कुमराघाटमा झोलुङ्गे पुल निर्माण भएपछि दुई नगरपालिका बिचको आवतजावत सहज हुने र स्थानीयवासीको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

नगर प्रमुख छविलाल थारुले समन्वयका माध्यमबाट स्थानीय आवश्यकता पहिचान गरी पूर्वाधार निर्माणमा नगरपालिकाले प्राथमिकता दिएको बताउनु भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार