मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

बारबर्दियाका सि.डि.एम.सीे.लाई समुदाय स्तरीय विपद् ब्यबस्थापन सम्बन्धी तालिम
बारबर्दियाका सि.डि.एम.सीे.लाई समुदाय स्तरीय विपद् ब्यबस्थापन सम्बन्धी तालिम

Rato Pen 344+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

बारबर्दिया

बारबर्दिया नगरपालिकाको वडा नम्बर १ र २ मा रहेको सामुदायिक विपद् ब्यबस्थापन समिति ( सि.डि.एम.सीे.)लाई समुदाय स्तरीय विपद् ब्यबस्थापन सम्बन्धी २ दिने तालिम प्रदान गरीएको छ । समितिका पदाधिकारीहरुलाई विपद् ब्यवस्थापनका गतिबिधिहरुको योजना बनाउने, जोखिम कम गर्ने र विपद् पश्चात, विपद् प्रतिकार्य, उद्धार तथा पुनःस्थापना कार्यमा सहभागी हुने बारेमा जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरिएको हो । 

तालिममा सहभागीहरुलाई विपद् ब्यबस्थपानको काम, विपद्को अवस्था, विपद् जोखिमको पहिचान, बारे जानकारी गराई बिपद् ब्यबस्थापनको चक्र पुर्व तयारी, प्रतिकार्य, पुनःलाभ, सुधारात्मक र सभाब्यतामा पर्ने कुराहरुको बारेमा जानकारी गराईएको छ । समुदायमा आधारित पुर्व सुचना तथा पुर्व चेतावनी प्रणाली, कस्तो बेलामा सुचना प्रर्वाह गर्ने, सुचना प्रवाह गर्दा आधिकारिक तथा विश्वशनीय हुनु पर्ने, लिड टाईम र स्थानान्तरण समय बारे जानकारी हुने पर्ने, र लिड टाई बढाउनु पर्ने, स्थानान्तरण समय घटाउदा जोखिम न्युनिकरण तथा सुरक्षित प्रतिकार्य हुने लगाएत बिषयमा जानकारी गराईएको छ । साथै सहभागीहरुले आफ्नो टोल तथा गाँउको नम्सा बनाएर विपद् जोखिम पहिचान तथा जोखिम योजना निर्माणका लागि सामुहिक छलफल गर्नु भएको छ । 

तालिम समापन कार्यक्रममा बिपद् जोखिम बारे स्थानीय तथा सामुदायिक विपद् ब्यबस्थापन समितिलाई जानकारी हुने भएकाले उहाँहरुले गरेको नक्साङ्गनलाई आधारमान्नु पर्ने वडा नम्बर १ र २ का वडा अध्यक्ष कैलाशपति थारु र रामफेरन थारुले बताउनु भएको छ । विपद् जोखिम रहेका सबै टोल तथा गाँउको योजना बनाउनु पर्ने बताउनु भएको छ । बास्तविक विपद् जोखिम रहेको समुदायमा कार्यक्रम ल्याएर काम गरीराख्नु भएका संस्थालाई स्वागत तथा धन्यबाद दिनु भएको छ । साथै उहाँहरुले यस्तो खालको कार्यक्रमले विपद् जोखिम न्युनिकरणमा सहयोग पुग्ने बताउनु भएको छ । 

स्वीस री फाउन्डेसन, बि ग्रुप, प्रक्टिकल एक्सनको साझेदारीमा संचालित समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम अन्तरगत तालिम संचालन गरिएको छ । तालिमको सहजिकरण तथा ब्यस्थापन कार्यक्रमका परियोजना अधिकृत अशोक चौधरी, जनक चौधरी, सामुदायिक परिचालक डिल्लीराम चौधरी, बिपना थारुले गर्नु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार