मुख्य समाचार
कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन |

बारबर्दियामा रक्त संकलन केन्द्र स्थापना, लुम्बिनीका स्वास्थ्यमन्त्री खेम बहादुर सारुद्वारा उद्घाटन ।
बारबर्दियामा रक्त संकलन केन्द्र स्थापना, लुम्बिनीका स्वास्थ्यमन्त्री खेम बहादुर सारुद्वारा उद्घाटन ।

Rato Pen 305+ समाचार ( )
बारबर्दियामा सिकल सेल बिरामी, सेत्केरी महिला र भईपरिआउने दुरघटनालाई मध्यनजर गर्दै रक्तसंचार सेवा केन्द्र स्थापना गरीएको आयोजकले जनाएको छ ।
१३ कार्तिक २०८१, मङ्गलबार

बारबर्दिया, 

 बारबर्दियामा रक्तसंचार सेवा केन्द्रको स्थापना तथा उद्घाटनकै दिन रक्तदान कार्यक्रम गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले एक कार्यक्रमका साथ बारबर्दिया नगरअस्पतालमा रक्तसंचार सेवा केन्द्र उद्घाटन गर्नु भएको हो । 

बारबर्दिया राष्ट्रिय सिकलसेल अस्पताल स्थापनाका लागि आफु मन्त्री भएपश्चात ५५ बुँदे योजनामा समावेश गरेको बताउनु भएको छ । यस क्षेत्रका साँसदहरुको माग र स्थानीय थारु समुदायको आवश्यकतालाई मध्यनजर गरेर सिकलसेल अस्पताल अतिआवश्यक रहेको बताउनु भएको छ । सिकलसेल अस्पताल संचालनका लागि आफु सकारात्मक भई आर्थिक सामाजिक भौतिक विकासको आबश्यक परिपुर्ति गर्न खालको योजनाका साथ आएको बताउनु भएको छ । 

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार चौधरीले रक्तसंचार सेवा केन्द्र स्थापना गर्नु सिकलसेल अस्पताल स्थापनाको लागि बाटो खुलेको बताउनु भएको छ । आफुले संसदमा सबभन्दा धेरै पटक आवाज उठाएको बताउदै, मन्त्रीलाई सिकलसेल अस्पताल स्थापनाका लागि घोषणा तथा प्रतिबद्धता जनाउन दबाब दिनु भएको छ । अहिलेको प्रदेश स्वास्थ्य मन्त्री सारुले यसप्रति सकारात्मक भएको सिकलसेल अस्पताल स्थापनाका लागि सकारात्मक रहेको दाबी गर्नु भएको छ । 

बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले अस्थिर सरकार भएको कारणले विकासमा बाधा पुगरेको बताउनु भएको छ । पटक पटक सरकार परिवर्तनसंगै योजना तथा कार्यक्रमहरु पनि परिर्वतन भएकोले बर्दियाको सिकलसेल अस्पताल संचालन कार्य ओझेलमा परेको बताउनु भएको छ । योजनामा परेको बजेट सरकार परिवर्तन भएर योजनानै प्रभावित भएको गुनासो गर्नु भएको छ । 

बारबर्दिया नगरपालिकका संस्थापक नगरप्रमुख दुर्गा बहादुर थारु (कबिर)ले तीन तहको सरकारको समन्वय, सहकार्य, संकल्पको आवश्यकता रहेको बताउनु भएको छ । सरकारको तालमेल नमिलेकै कारण स्थानीय विकासमा असर परेको बताउनु भएको छ । स्थानीय र प्रदेश सरकारलाई लक्षिण गर्दै सिकलसेल अस्पता स्थापनाका लागि ईच्छाशक्ति भए सहजै संचालन गर्न सकिने बताउनु भएको छ । साथै नगरअस्पतालमा रक्तसंकलन केन्द्र स्थापना हुनु सकारात्मक भएको बताउनु भएको छ । 

बारबर्दियामा सिकल सेल बिरामी, सेत्केरी महिला र भईपरिआउने दुरघटनालाई मध्यनजर गर्दै रक्तसंचार सेवा केन्द्र स्थापना गरीएको आयोजकले जनाएको छ ।  बारबर्दिया नगरअस्पतालमा रेडक्रस सोशाईटी बारबर्दिया उपशाखाको प्राविधिक सहयोगमा स्थापना गरिएको रक्तसंचार सेवा केन्द्र स्थापना संगै रक्तसंकलन पनि गरिएको छ । कार्यक्रममा बोल्ने बक्तहरुले रक्तसंकलनको कामको निरन्तरताको आवश्यकता रहेको बताउनु भएको छ । यस अघि बर्दियामा बर्दिया अस्पताल, राजापुर र मधुवन नगरपालिका रक्तसंकलन केन्द्र संचालनमा रहेको थियो । अहिले बारबर्दियामा पनि रक्तसंचार सेवा केन्द्र स्थापपना भएपछि बर्दियामा ४ वटा रक्तसंचार केन्द्र भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार