मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

मधुवन नगर अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षण तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन
मधुवन नगर अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षण तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन

Rato Pen 344+ समाचार ( )
१९ वैशाख २०८३, शनिबार

बर्दिया, वैशाख १९ — बर्दियाको मधुवन नगर अस्पतालमा निःशुल्क नागरिक स्वास्थ्य परीक्षण तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ (VIA) शिविर सञ्चालन गरिएको छ। २०८३ वैशाख १९ गते आयोजित शिविरमा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको थियो।

शिविरमा नियमित स्वास्थ्य परीक्षण, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, महिला स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। विशेषगरी महिलाहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गरी रोकथाम गर्न सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।

शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले यस्ता स्वास्थ्य शिविरले नागरिकलाई सहज रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउने बताउनुभयो। उहाँले स्थानीय तहले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

फिजिसियन डाक्टर संकेत रिसालले नियमित स्वास्थ्य परीक्षणले रोगको समयमै पहिचान गर्न सहयोग पुग्ने बताउँदै स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गर्नुभयो।

महिला रोग विशेषज्ञ डाक्टर ईन्दनिल घोसले पाठेघरको मुखको क्यान्सर समयमै परीक्षण गरेमा उपचार सम्भव हुने उल्लेख गर्दै महिलाहरूलाई नियमित स्क्रिनिङ गराउन सुझाव दिनुभयो।

मधुवन नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष चन्द्रसिंह गुरुङले वडावासीलाई आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुनु खुसीको विषय भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई सहयोग गरिने बताउनुभयो।

कुसुम्बादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष टेकबहादुर खत्रीले सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यक्रमको समन्वय मधुवन नगरपालिका वडा नं. ६ कार्यालयले गरेको थियो भने आयोजनाको जिम्मेवारी कुसुम्बादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लिएको थियो।

आयोजक संस्थाले “स्वस्थ नागरिक, स्वस्थ समाज” भन्ने नारासहित सञ्चालन गरिएको शिविरबाट मधुवन नगरपालिकाका नागरिकले आफ्नै पालिकामा स्वास्थ्य सेवा पाएको र यसले स्थानीयवासीलाई ठूलो राहत पुगेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार