मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

डाक्नेश्वरी नगरपालिकाकी उपमेयर भारतीय नागरिक ! स्थानीयकाे उजुरीपछि पक्राउ, श्रीमान फरार

Rato Pen 1+ समाचार ( )
२० असार २०८०, बुधवार

जनकपुरधाम । फर्जी कागजातका आधारमा नेपाली नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादव पक्राउ परेकी छन् । नागरिकता सम्बन्धी कसूरमा उपमेयर यादव र उनका श्रीमान महेन्द्र यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियाे । सोही मुद्दामा उपमेयर यादवलाई नियन्त्रणमा लिएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उपमेयर यादव दम्पती नै भारतीय नागरिक रहेको र फर्जी कागजातकै आधारमा नेपाली नागरिकता लिएको आरोप लगाउँदै उनीहरुविरुद्ध डाक्नेश्वरी नगरपालिकाकै कृष्णकुमार यादवले मुद्दा दर्ता गराएका छन् । कृष्णकुमारको जाहेरी जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न मानेको थिएन । त्यसपछि उनी उच्च अदालत जनकपुरको राजविराज इजलास पुगे । अदालतले आदेश दिएपछि जिल्ला प्रहरी कार्यालयले उपमेयर यादव दम्पतीविरुद्ध मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा उपमेयर यादव पक्राउ परेकी हुन् । उनका श्रीमान महेन्द्र अझै फरार छन् ।

उपमेयर यादव दम्पती भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्लाको निर्मली थानाअन्तर्गत मझारी ग्रामका बासिन्दा रहेको र सप्तरीकै तत्कालिन औरही गाविस ३ बाट फर्जी कागजातकै आधारमा नागरिकता लिएको आरोप उजुरीमा लगाएको छ । (नेपाल प्रेसबाट)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार