मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बारबर्दियामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ्ग घरदैलो कार्यक्रम सुरु
बारबर्दियामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ्ग घरदैलो कार्यक्रम सुरु

Rato Pen 366+ समाचार ( )
११ भाद्र २०८२, बिहीबार

बर्दिया । बारबर्दिया नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ्ग सेवा घरदैलो कार्यक्रम सञ्चालनका लागि अभिमुखिकरण तथा तीनदिने नव नियुक्त नर्सहरुको सेवा प्रवेश तालिम सुरु भएको छ।

नगरकार्यपालिका हलमा भाद्र १२ गतेदेखि १४ गतेसम्म हुने तालिमको आयोजना बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा, जयनगरले गरेको हो भने सहजीकरण नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखा, टेकु, काठमाडौंले गरेको हो।

बारबर्दियामा नेपालकै छैठौं नर्सिङ कार्यक्रमको रुपमा सुरु भएको यस अभियान अन्तर्गत ११ जना सामुदायिक नर्स, २ जना विद्यालय नर्स र १ जना सामुदायिक नर्स अधिकृतसहित १४ जना जनशक्ति नियुक्त गरिएको नगरपालिकाले जनाएको छ। नर्सहरु १ देखि ११ वटै वडामा पुगेर सेवा दिनेछन् भने विद्यालय नर्सले किशोरी विद्यार्थीलाई लक्षित गरी जनता माध्यमिक विद्यालय रम्मापुर र धर्मभक्त माध्यमिक विद्यालय कतर्नियामा बसेर स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। यसका लागि नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखा, बारबर्दिया नगरपालिका र विद्यालयबीच त्रिपक्षीय सम्झौता भएको छ।

कार्यक्रममा नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिराकुमारी निरौलाले विद्यालय तथा सामुदायिक स्वास्थ्य सेवाको महत्वबारे जानकारी दिनुभयो। त्यस्तै वि.अस्पताल नर्सिङ प्रशासक वाला राईले कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहस्तरको समन्वय र समितिको भूमिकाबारे धारणा राख्नुभयो।

सामुदायिक स्वास्थ्य तथा नर्सिङ्ग घरदैलो कार्यक्रम परिवार केन्द्रित अवधारणामा आधारित रही सुरक्षित मातृत्व, बाल तथा किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोग नियन्त्रण र जेष्ठ नागरिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। यसअन्तर्गत स्वास्थ्य परीक्षण, उपचार, स्वास्थ्य शिक्षा, रोगको रोकथाम तथा व्यवहार परिवर्तनमा आधारित सेवा घरमै पुगेर उपलब्ध गराइनेछ।

यो कार्यक्रम यसअघि भक्तपुर, वर्दिबास, चन्द्रागिरी, वालिङ र इटहरीमा सञ्चालन भइसकेको छ। चालु आर्थिक वर्षदेखि बारबर्दिया नगरपालिकामा औपचारिक रुपमा लागू गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख छबिलाल थारुले शिक्षा र स्वास्थ्यलाई सामाजिक विकासको मुख्य आधारका रुपमा प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो। उहाँले विद्यालय र समुदायमा नर्सिङ सेवा प्रभावकारी ढंगले सञ्चालन हुने विश्वास व्यक्त गर्दै नर्सहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो। साथै सहकार्य र सहयोगका लागि नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखालाई धन्यवाद ज्ञापन गर्नुभयो।

प्रतिक्रिया

श्रीधर भण्डारी ११ भाद्र २०८२, बिहीबार

अत्यन्तै सह्रानीय काम भएको छ । व्यवस्थापन र व्यवहार पनि उत्तम बनोस् , शुभकामना ! नगरपालिकालाई हार्दिक धन्यवाद ज्ञापन !

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार