मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि नेपाली दुतावासद्वारा अनलाइन रजिष्ट्रेशन सुरु

Rato Pen 1+ समाचार ( )
२२ अशोज २०८०, सोमबार

मोरङ । इजरायलस्थित नेपाली दूतावासले समस्यामा परेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशन सुरु गरेको छ । इजरायलको तेल अविवस्थित नेपाली दूतावासले आज साँझ फेसबुक पेजमार्फत सूचना जारी गर्दै उद्धार तथा स्वदेश फिर्ती बारे सूचना संकलन गर्ने उद्देश्यले अनलाइन दर्ता सुरु गरेको जनाएको छ ।

इजरायलमा विकसित पछिल्लो परिस्थितिकाबीच समस्यामा वा त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकता अनुशार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनमा आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको फेसबुक पेजमा उल्लेख गरिएको छ ।

  यसप्रकृयामा सहभागी हुन इच्छुक नेपाली नागरिकहरुलाई दूतावासको वेभसाइटमा राखिएको लिंकमा क्लिक गरि रजिष्ट्रेसन गर्नुहुन आह्वान पनि गरिएको छ । सूचनामा थप जानकारी आवश्यक भएमा दूतवासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

इजरायलस्थित नेपाली दूतावासले आज दिउँसो समेत यसै प्रकारको सूचना जारी गरेको भएपनि पछि पेजमा उपलब्ध भएको थिएन । यसबारे बुझ्दा दूतावासले पेजले नै सूचना हटाइ दिएको जनाएको छ ।

टेकपान डटकमले सोही सूचनालाई आधार मानेर समचार समेत बनाएको थियो । तर पछि दूतावासको पेजमा भने सूचना उपलब्ध भएको थिएन । यसबारे मोरङ खबरले समेत दूतावासलाई जानकारी माग गरेको थियो । चौतर्फि दवावपछि दूतावासले पुन अनलाइन रजिष्ट्रेशन सुरु गरेको भन्दै साँझ फेसबुक पेजमा जानकारी गराएको छ ।

अनलाइन रजिष्ट्रेशनका   लागि नेपाली दुतावासको वेभसाइट  https://il.nepalembassy.gov.np/   मा क्लिक गर्नुहोला । वेभसाइट खोल्नासाथ कभर पेजमै अनलाइन फर्मको अप्सन राखिएको छ । 

इजरायलमा प्यालेस्टाइन समर्थक हमासले आक्रमण गर्दा सयौंको ज्यान गएको छ । त्यसमा १० जना नेपाली विद्यार्थी पनि परेका छन् । अझै केही नेपाली युद्धग्रस्त क्षेत्रमा उद्धारको पर्खाइमा रहेको बताइएको छ । केहीलाई भने इजरायली सेनाले सुरक्षित स्थानमा सारेको छ ।

यता नेपाल सरकारले भोलि मंगलबारलाई राष्ट्रिय शोक दिवसको रुपमा घोषणा गरेको छ भने मृतक परिवारलाई १० लाख राहत दिने घोषणा गरेको छ । यस्तै नेपाल फर्कन चाहने इजरायलमा रहेका नेपालीहरुलाई विमान चार्टर गरि ल्याउने जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार